मधेशवादी नेताहरु अब ओलीको रक्षाकवच बन्ने
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १८:३१:३५
१० चैत, काठमाडौं । सत्ता समीकरणका लागि नेपाली कांग्रेसले खासै रुचि नदेखाएपछि सत्तारोहण गर्न खुट्टा उचालेर बसेको मधेशवादी नेताहरु अब प्रधानमन्त्री केपी ओलीको रक्षाकवच बन्ने भएका छन् ।
यस प्रयोजनका लागि जनता समाजवादी दलका एक पक्षका नेताहरु आज ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् । नेपाली कांग्रेसले हिजो तत्कालै सत्ता परिवर्तनका लागि रुचि नदेखाएकाले मधेसी नेताको धैर्यता टुटेको हो ।
गएको साता होलीपछि मात्रै सत्ता समीकरणका लागि पहल गर्ने निर्णय गरेका उनीहरु आजै हतार गरेर बालुवाटार पसेका हुन् । यद्यपि पूर्व समाजवादी पार्टीले भने ओलीसँग सत्ता साझेदारी गर्न अझै अस्वीकार गरिरहेको छ ।
बालुवाटार पुगेका जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई समेत साथै लगेका छन् ।
यसअघि पनि मधेसका मुद्धा संवोधन गर्ने भनेर ठूला दलहरुले पटक पटक सहमति गरेपनि उल्लघंन गरेकाले यसपाला भने ओलीसँग क्यासमै सहमति गर्ने रणनीति अख्तियार गरेको छ ।
तर ओलीलाई समर्थन गर्दा सत्ता पाएपनि उठाएका माग भने संवोधन हुने संभावना अहिले पनि छैन । किनभने एमाले र जसपा मात्रै मिलेर न त संविधान संशोधन हुन सक्छ, न अरु रेशम चौधरी रिहा हुन सक्ने अवस्था छ । त्यसैले ओलीसँगको सहमतिले केही नेताले मन्त्री हुने अवसर पाएपनि मधेसका मुद्धा संवोधन हुने अवस्था देखिंदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार