लुम्बिनीमा दिनानुदिन पर्यटक बढ्दै
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १८:५७:३६
१० चैत, सिद्धार्थनगर । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएको लुम्बिनी घुम्न आउने पर्यटकको सङ्ख्यामा केही हप्तायता दिनानुदिन वृद्धि हुँदै गएको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार लुम्बिनी घुम्न आउने पर्यटकहरुको सङ्ख्या बढ्दै गएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार लुम्बिनी घुम्नेमा आन्तरिक पर्यटकको सङ्ख्या नै अत्यधिक रहेको छ । कोषको तथ्याङ्कअनुसार बन्दाबन्दी खुलेपछि एक लाख ४१ हजार ५७९ नेपालीले लुम्बिनी भ्रमण गरेका छन् । यसैगरी, पाँच हजार ७४८ भारतीय र १२० विदेशी नागरिकले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् ।
कोषका सदस्यसचिव सानुराजा शाक्यले नेपालको विभिन्न ठाउँबाट भगवान् बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउनेहरुको सङ्ख्या बढिरहेको बताए । कोरोनाका कारण मान्छेहरुमा सृजना भएको निराशा र चिन्ता हटाउन लुम्बिनीको भ्रमण फलदायी हुने पनि शाक्यले बताए ।
सामान्य अवस्थामा लुम्बिनी घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या अत्यधिक रहने गरेकामा कोरोनाका कारण अधिकांश देशमा वैदेशिक हवाई उडान र सीमानाकामा सहज आवतजावतसमेत नरहेको हुँदा यतिबेला विदेशी नागरिक लुम्बिनी आउन चाहेर पनि आउन नसकेको पर्यटन पुनरोत्थान समिति लुम्बिनी प्रदेशका संयोजक सागर अधिकारीले बताए ।
उनले भने, “लुम्बिनीको पर्यटन पुनरोत्थानका लागि हामीले नेपाल पर्यटन बोर्ड, लुम्बिनी प्रदेश सरकार र पर्यटन सम्बद्ध विभिन्न निकायसँग मिलेर विभिन्न अभियान चलाइरहेका छौँ । यसले लुम्बिनी घुम्न जान मान्छेहरुलाई उत्प्रेरित गर्नेछ ।” गत फागुन तेस्रो हप्ता लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ब्रान्डिङसमेत गरिएको थियो । साथै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मीको नेतृत्वमा पर्यटन क्षेत्रका विज्ञहरुको समूहले मायादेवी प्रसूति मार्गको स्थलगत अवलोकनसमेत गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढ्यो
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार
चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार