आँबुखैरेनीमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १९:१८:४६
१० चैत, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रत्येक स्थानीय तहमा केन्द्र स्थापना गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको लक्ष्यअनुसार उक्त वडाको मेलमिलाप केन्द्रमा आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।
आरोग्य सेवा केन्द्रको उद्घाटन गर्दै आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले केन्द्रबाट आयुर्वेद पद्दतिको उपचार सेवा दिनेमात्र नभई ध्यान, योग र साधनाप्रति सर्वसाधारणलाई आकर्षित गराउनुपर्ने बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले पछिल्लो समय आयुर्वेद सेवाप्रति जनताको विश्वास बढ्दै गएकाले सबैले उक्त सेवा लिनुपर्नेमा जोड दिए ।
आधुनिक चिकित्सा प्रणालीभन्दा आयुर्वेदिक चिकित्सा प्रणाली महत्वपूर्ण रहेकाले यसकै महत्व बुझाउन हरेक स्थानीय तहमा आरोग्य केन्द्र स्थापना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका अध्यक्ष देवीबहादुर बस्नेतले बताए । सर्वसाधारणलाई आयुर्वेद स्वास्थ्य सेवाका लागि अन्यत्र भौतारिन नपरोस् भन्ने उद्देश्यसहित स्थानीय तहमै आरोग्य स्वास्थ्य केन्द्र स्थापनालाई तीव्रता दिइएको बस्नेतले बताए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले दश वटै स्थानीय तहमा आरोग्य सेवा केन्द्र स्थापनालाई तीव्रता दिएको छ । जिल्लाको घिरिङ, देवघाट र बन्दीपुर गाउँपालिकामा आरोग्य सेवा स्थापना भइसकेको छ ।
आयुर्वेद चिकित्सा तथा यसको महत्वबारे बुझाउन केन्द्रको महत्वपूर्ण भूमिका रहने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिए । आरोग्य केन्द्रबाट नागरिकलाई निःशुल्करुपमा आधारभूत सेवा प्रदान गरिनेछ । केन्द्रबाट आयुर्वेद सेवा, औषधि वितरण सेवा, ज्येष्ठ नागरिक आरोग्य सेवा, स्तनपायी कार्यक्रम, पूर्वकर्म, पञ्चकर्म, योग, जीवनशैलीलगायत विषयमा निःशुल्क सेवा प्रदान गरिनेछ ।
सबै नागरिकलाई स्वस्थ्य बनाउन गाउँ–गाउँमा यस्ता सेवा केन्द्र स्थापना गरिएको डा मण्डलले बताए। “यसअघि आयुर्वेदका सेवा नपुगेका स्थानमा आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो,” उनले भने, “नागरिकलाई रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
आजदेखि भिटामिन ए खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
अनलाइन फार्मेसी बन्द गर्न विभागको निर्देशन
चैत १४, २०८० बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे ( फाेटाे फिचर )
बैशाख ११, २०८१ मंगलबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार