खानेपानी : कतै मुहानको समस्या, कतै बजेटको अभाव !
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार २०:५६:५७
दुई घण्टाको बाटो ‘हिउँदमा गाग्री बोक्न टुटेको छैन’
१० चैत, बलेवा । ढोरपाटन नगरपालिका–२, ५, ७ र निसीखोला गाउँपालिका–२ का स्थानीयवासीले ढुक्कले खानेपानी नपाएको वर्षौं बित्यो । दुई घण्टाको बाटोमा रहेका कुवा र पँधेरोबाट पानी बोक्दा परिवारका लागि पानी पु¥याउन कठिन भएको अनुभव छ, ढोरपाटन–२ की गीता कुँवरको ।
मुहान नै नपाएका कारण यी वडाका बस्तीमा पानी पु¥याउन सकिएको थिएन । यहाँ पानी पु¥याउनका लागि कैयौँ पटक प्रयास भए । लिफ्टिङ प्रविधिदेखि आकासेपानी जम्मा गरेर जोहो गर्ने विधि अपनाउँदासमेत वर्षाको समयमा पुगे पनि हिउँदमा पानीको समस्या उस्तै हुने गरेको उनी बताउछिन । “विभिन्न नामका संस्था आएर पानी ल्याउने भनिन । हिउँदमा गाग्री बोक्न टुटेको छैन”, उनी भन्छिन, “अब त केही होला भन्ने आशा पलाउन थालेको छ ।”
यहाँ पानी पु¥याउन विगतदेखि नै प्रयास नभएका भने होइनन् तर ती प्रयास बालुवामा पानी बगेजस्तै बगेर गए । विगतबाटै खुत्रुङ खोलाबाट पानी ल्याउने भनेर चर्चा थियो, स्थानीयवासी शेरमान घर्ती पुरानो कुरा सम्झछन, दूरी निकै टाढा, बजेट नभएकाले कहिलै काम भएनन् ।
खानेपानीका समस्या कहाँ छैन होला र ? कतै मुहानको समस्या त कतै बजेटको अभाव । सर्वसाधारणले खानेपानी नपाएका घटना धेरै छन् । अहिले स्थानीय सरकारको सक्रियताले काकाकुल गाउँमा पानीको समस्या हट्दै छ । पञ्चायतकालीन शासकले कल्पना गरेको तर सक्रियताको अभावमा सञ्चालन गर्न नसकेको आयोजना स्थानीय सरकारले शुरु गरेपछि अहिले भने यहाँका स्थानीयवासीमा खानेपानी पाउने आशा पलाएको छ ।
पानीको समस्या रहेका झण्डै ४५० घरधुरीका लागि पानी पु¥याउन अहिले धमाधम काम भइरहेको छ । ढोरपाटन नगरपालिकाले गत आर्थिक वर्षमा बजेट विनियोजन गरेपछि अहिले यी गाउँहरुमा २५ किलोमिटर टाढाबाट पानी ल्याइएको छ । योजना पूरा भएपछि ढोरपाटन नगरपालिका–९ को खुत्रुङ खोलाबाट ५० मिलिलिटरका दुईवटा पाइपबाट पानी आउनेछ ।
एउटा पाइपबाट ढोरपाटन नगरपालिका–२ बयचौरमा रहेको एक लाख ५० हजार लिटरको ट्याङ्की र अर्को पाइपबाट ढोरपाटन–७ घम्पुमा बनेको एक लाख लिटरको ट्याङ्कीमा पानी खसेको नगरप्रमुख देवकुमार नेपाली बताउछन। “हामी तीव्र इच्छाशक्ति राखेर काम गरिरहेका छौँ । यो आर्थिक वर्षभित्रै सबैका घरमा पानी पुग्छ”, नगरप्रमुख नेपालीले भने ।
निरन्तर बग्ने खुत्रुङ खोलाको मुहानबाट आएकाले यो पानीले अबको ५० वर्ष खानेपानीको समस्या टार्ने ढोरपाटन–२ का वडाअध्यक्ष युवराज महतले बताए । घैँटाको पानीले हिउँदमा नपुग्दा झण्डै २ घण्टाको बाटो हिँडेर पानी ल्याउने स्थानीयवासी गीता कुँवर धारा पाउने खबरले उत्साहित भएको बताउछन । पानीको चरम समस्या रहेका गाउँहरुमा सामुदायिक धारा बनाउने योजनामा वडा कार्यालयको छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा रु ९० लाख पाइप तथा ट्याङ्कीका लागि, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाइपलाइन बनाउने र पुर्ने काममा रु २७ लाख खर्च गरेको थियो । चालु वर्षमा दुवैतर्फ रु २५÷२५ लाख बजेट विनियोजन भएको छ । आयोजना सकिँदासम्म कति खर्च लाग्छ भन्ने आङ्कलन भने गरिएको छैन । अहिलेसम्म करीब रु दुई करोड खर्च भइसकेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी विद्यार्थी सहभागी [ फोटोफिचर ]
चैत १५, २०८० बिहिबार
गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन
चैत १३, २०८० मंगलबार
एकै ठाउँमा तीन वटा नगदेबाली
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार