सुनसान बनेको गड्डाचौकी नाकामा पुनः कोरोनाको त्रास
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार २१:८:३६
१० चैत, महेन्द्रनगर । गत वर्ष विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न मुलुकभर चासो बढिरहेका बेला सबैभन्दा पहिलो बन्दाबन्दी ‘लकडाउन’ कञ्चनपुरमा भयो । भारतबाट कोरोना कहरमा त्रासदीका बीच नेपाली घर फर्किरहँदा पश्चिमी सीमानाकाहरु व्यवस्थापनका लागि गत वर्ष आजकै दिन पहिलोपटक कञ्चनपुरमा स्थानीय प्रशासनले लकडाउन गरेको थियो ।
मुलुकभर भने चैत ११ गतेदेखि लकडाउन भए पनि यहाँ एक दिन अगावै त्यो लागू भयो । त्यसयता सुनसान बनेको गड्डाचौकी नाकामा पुनः कोरोनाको त्रास देखिन थालेको छ । कोरोना कम भएर मुलुकमा अवस्था सामान्य भइरहेका बेला पनि यहाँको गड्डाचौकी नाकामा आवागमन केही सहज भए पनि पूर्णरुपमा सञ्चालन आउन सकेको छैन । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले लकडाउनको एक वर्ष बितिसक्दा पनि नाका सहज हुन नसकेको बताए ।
“केही समयअघि मात्रै स्थानीय प्रशासनले भारतीय नागरिकलाई आवागमनका लागि सहज गरे पनि सवारीसाधन अझै सीमानाकामा निर्बाधरुपमा सञ्चालन हुन सकेको छैन”, अध्यक्ष मल्लले भने, “भारतमा कोरोना बढिरहेकाले अझै सीमामा हामीले पनि सतर्कता अपनाउनु आवश्यक छ ।” नाका सहज नहुँदा यहाँको होटेल व्यवसाय, यातायात सेवा र व्यापार व्यवसाय प्रभावित बनेको छ ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भारतका विभिन्न शहरमा पुनः कोरोनाका बिरामीहरु बढ्न थालेपछि सुदूरपश्चिममा नेपाल–भारत सीमा क्षेत्रमा कोरोना जाँचलाई अघि बढाएको छ । “केही दिनअघि गड्डाचौकी नाकामा पनि कोरोना नमूना परीक्षण गर्दा पोजेटिभ देखिएको छ ।” सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले भने, “ भारतमा सङ्क्रमित क्षेत्रबाट आएका र शङ्कास्पद देखिएका व्यक्तिहरुको नाकामै अहिले कोरोना परीक्षण गरिरहेका छौँ ।”
उनले केन्द्रबाट पनि स्वास्थ्य सतर्कता अपनाउन दिएको निर्देशन बमोजिम यहाँका स्थानीय प्रशासन, स्वास्थ्य संस्था र पालिकाहरुलाई पत्राचार गरिने बताए । “हामीसित आठ हजार किट कोरोना परीक्षणका लागि मौज्दात छ”, जोशीले भने, “स्वास्थ्य सतर्कताका लागि मास्क, स्यानिटाइजरहरु लगाउनु जरुरी छ ।”
सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा डेढ लाख जनालाई कोरोनाको खोप लगाइएको थियो । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले आज बिहान पनि सीमानाकामा स्वास्थ्य परीक्षण गराउँदा एकजनामा कोरोना पोजेटिभ देखिएको बताए। “पोजेटिभ देखिएकालाई महाकाली अस्पतालमा व्यवस्थापन गरेका छौँ”, उनले भने, “हालसम्म पछिल्लो समय भारतबाट स्वदेश फर्किने चारजनामा कोरोना देखिएको छ ।” उनले स्थानीय प्रशासनसित सीमानाकामा सतर्कता अपनाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु
चैत १५, २०८० बिहिबार
अछाममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
चैत १२, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार