दुई किशोरी बलात्कार आरोपमा २ जना पक्राउ
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १७:२:१७
११ चैत,बुटवल । रुकुम पूर्वमा दुईजना किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा दुईजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पूर्वका २३ र १४ वर्षका युवक रहेका छन् ।
उनीहरुले जिल्लाकै १४ र १५ वर्षका दुई किशोरीलाई अपहरण गरी शरीर बन्धक बनाई करणी गरेका थिए । १ गते घरबाट हराएका ती किशोरीहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबारमात्रै प्रहरीमा आफन्तले निवेदन दिएका थिए । निवेदन दिए लगत्तै उनीहरुलाई प्रहरीले खोजलतास गर्दा रुकुमकोटबाट पक्राउ गरेको हो ।
दुईजना किशोरीलाई २३ वर्षीय युवकको कोठामा बन्धक बनाएर जबरजस्ती करणी गरेको अवस्थामा फेला पारी उद्दार गरिएको प्रहरीले जनाएको छ । चैत १ गते अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै किशोरीहरुमाथि करणी हुँदै आएको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका दुई जनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ
चैत १३, २०८० मंगलबार
गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिक पक्राउ
चैत १३, २०८० मंगलबार
ढोलाहिटी हत्या आरोपमा पक्राउ परेकाविरुद्ध मुद्दा चलाइँदै
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार