मन्त्रालयले भन्याे, अब मास्क नलाउनेलाई कारबाही गर्नु
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १८:११:११
११ चैत, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ । दैनिक संक्रमित थपिने दर बढेसँगै सरकारले सर्कुलर जारी गरेको छ। पछिल्लो २ महिनादेखि नेपालमा नयाँ संक्रमित थपिने दर एक सयभन्दा बढी रहेको र निको हुने दर १ सयभन्दा कम रहेको छ ।
हिजो मात्रै १ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोसूचनापछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई थप तयारी थाल्न निर्देशन दिएको हो ।
आइतबार स्वास्थ्य मन्त्रालयको जानकारीपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा आवश्यक तयारी गर्न, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन मन्त्रालयले निर्देशन जारी गरेको हो । भारतसँग जोडिएका सीमानाकामा थप कडाई गर्न तथा क्वारेन्टाइन र आइसोलेसन सेन्टरहरु पनि पुनः तयारी अवस्थामा राख्न पनि मन्त्रालयले भनेको छ ।
यसअघि स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै भारतका विभिन्न राज्यमा कोराना संक्रमणको दर बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना उच्च भएकाले थप सतर्कता अपनाउन आग्रह गर्दै सबै निकायलाई परिपत्र गरेको थियो ।
भारतीय सिमानाकाबाट नेपाल भित्रिनेको अनिवार्य तथ्याङ्क राख्न र ज्वरो नापेर शंकास्पद व्यक्तिलाई क्वारिन्टनमा राख्न पनि गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको निर्देशनमा भिडभाड नगर्न÷नगराउन र मास्क सेनिटाइजर अनिवार्य प्रयोग गर्नु यदि नलाउनेलाई कारबाही गर्न पनि निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार