ओलीलाई हायलकायल पार्ने नेपालको दाउ
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १८:५१:४८
११ चैत, काठमाडौं । पुनस्थापित नेकपा एमालेभित्रको रडाको अझै बढ्ने वातावरण तयार हुँदैछ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली आफूसँग असहमत हुने सबैलाई लिड्को लगाएर जाने रणनीतिमा जुटेपछि असन्तुष्ट पक्ष समानान्तर ढंगमा चल्न थालेको छ । जसले गर्दा ओलीको चाहनामा ठेस लाग्ने अवस्था निर्माण भएको छ ।
ओली चाहन्छन्– अब नेकपा भन्ने पार्टी आफ्नो कब्जामा रहोस् । माधवकुमार नेपालहरुलाई पार्टीबाट सदाका लागि बिदावारी गरेर तातो चुल्हो खोज्ने बिरालोको कथा दोह¥याउने पक्षमा रहेका ओलीको मनसुवा पूरा हुन कठिन भएको छ । नेपाललगायत नेताहरु एमाले छाडेर जाउन भन्ने ओलीको आकांक्षा तत्कालै पूरा नहुने देखिएको छ । किनभने नेपालहरु पार्टी भित्रै बसेर ओली प्रवृत्तिका विरुद्ध संघर्ष गर्ने निश्कर्षमा पुगेका छन् । हिजो मात्र नेपाल पक्षका नेताहरुको भेलामा यस्तो सहमति बनेको छ । स्रोतका अनुसार, नेपाललगायत चारजना शीर्ष नेतालाई ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ दिने धारणा बनाएको छ । तर जवाफ भन्दा पनि ओलीलाई प्रतिस्पष्टीकरण सोध्ने उनीहरुको तयारी रहेको छ ।
साथै, अब ओलीले डाकेका हरेक बैठकमा सहभागी भएर आफ्नो असहमति दर्ज गर्ने उनीहरुले रणनीति बनाएका छन् । चैत ४ र ५ गतेको भेलामा सहभागी नेता कार्यकर्ताको संख्या र भावनाले नेपाल पक्ष उत्साहित बनेको छ । देशैभरि आफ्नो पक्षमा करिव ४ लाख कार्यकर्ता रहेको दाबी झलनाथ – माधव पक्षको छ । त्यसैले नेकपा एमाले पार्टी आफ्नो हो भन्ने सोच र मान्यताका साथ अन्तर्संघर्ष चर्काउने पक्षमा उनीहरु रहेका छन् ।
तत्काल नयाँ दल नबनाउने सोचमा रहेको यो समूहले ओली प्रवृत्तिविरुद्ध देशव्यापी रुपमा aहस चलाउने भएको छ । त्यसका लागि आफूपक्षीय कार्यकर्ता परिचालन गर्ने दाउ रहेको छ । अब यो वा उ बाहाना बनाउनु भन्दा पार्टी बैठकहरुमै कडा रुपमा प्रस्तुत हुने र चित्त नबुझ्दा नोट अफ डिसेन्ट लेख्ने नीति अख्तियार गर्ने उनीहरुको सोच रहेको छ । झलनाथ – माधव पक्षका एक स्थायी कमिटी सदस्यका अनुसार, वैठक बहिष्कार गरेर मैदान खाली गर्ने नभई रिङ भित्रै पसेर कुस्ती भिड्ने पक्षमा रहेका छौं । अहिलेको हाम्रो नीति भनेको एमाले भित्रै बसेर ओलीसँग डटेर मुकाबिला गर्ने हो ।
ओलीसँग आत्मसमर्पण नगर्ने तर एमाले पनि नछाड्ने भएकाले अबका दिन अझै संघर्षपूर्ण रहने उनको ठम्याइ छ । अब हामीले ओलीसँग निरन्तर भिड्नुपर्ने अवस्था आएकाले त्यसको लागि जस्तोसुकै त्याग गर्न तयार रहेका छौं – उनले भने । जबसम्म फागुन २८ को निर्णय सच्चिंदैन तबसम्म हाम्रो लडाईं जारी रहनेछ भन्दै उनले ओलीका लागि सहज हुने वातावरण बन्न नदिने सुनाए ।
हामीलाई लघार्न खोज्ने ओलीका हरुवाचरुवाको देखियो, तर एमाले आफूहरुले बनाएकाले त्यो मनसुवा पूरा हुन नदिने दाबी उनले गरे माओवादीबाट मन्त्री खान आएकाहरु चाहिं एमाले अनि हामी चाहिं अरुतिरबाट आएको ? उनको प्रश्न छ । त्यसैले ओलीलाई सजिलो हुने गरी कुनै पनि हालतमा एमाले त्याग्नेवाला नरहेको प्रष्ट पार्दै उनले भने–बरु ओली र उनका भरौटेहरु अर्कातिर लाग्लान्, हामी एमाले छाड्दैनौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार