एक महिनादेखि लागेको डढेलो अझै निभेन
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १८:१६:२५
११ चैत,सर्लाही । सर्लाहीका वन क्षेत्रमा हावाहुरी र सुक्खाको मौसम शुरु भएसँगै डढेलो लाग्न थालेका छन् । जिल्लाका चुरे क्षेत्र, सागरनाथ वन विकास परियोजना, फूलजोर बाबा साझेदारी वन र अन्य सामुदायिक तथा साझेदारी वनमा केही दिनदेखि निरन्तर डढेलो लागिरहेको स्थानीयवासीले बताएका छन् ।
चोरी, तस्करी र अतिक्रमणले उदाङ्गो बनेको वन क्षेत्रमा लागिरहेको डढेलो निभाउन कुनै पनि निकायले चासो नदेखाएको पाइएको छ । डढेलोका कारण मानवको बाक्लो बसोबास रहेको चुरेका दर्जनौँ बस्ती जोखिममा परेका छन् । लालबन्दी नगरपालिका–१४ का चन्द्रबहादुर तामाङले यो समयमा चुरेका पाखामा वर्षेनि डढेलो लाग्ने गरेको बताए । तामाङका अनुसार बस्ती छेउमा डढेलो आउन खोज्दा स्थानीयवासी आफैँले निभाए पनि जङ्गलमा फैलिएको डढेलो निभाउन भने कसैले पनि चासो देखाएका छैन ।
डढेलोले सानाठूला रूखबिरुवा जलेर खरानी भइरहेका छन् । वन तथा वन्यजन्तु विज्ञले वन क्षेत्रमा यसरी वर्षेनि डढेलो लाग्ने भएकाले सामान्य जस्तो लागे पनि यसले वन्यजन्तु लोप हुनाका साथै वातावरणमा समेत गम्भीर असर पारिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । वनमा डढेलो लागेपछि मानव बस्ती र किसानको खेतबारीमा पस्ने वन्यजन्तुको अहिले शिकार बढेको छ ।
वनका कर्मचारीले मात्रै डढेलो निभाउन सम्भव नभएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले बताए । डढेलो लगाउँदा घाँसपातको पालुवा चाँडो पलाउने गलत सोचाइ राखेर गोठाला तथा स्थानीय बासिन्दाले नै वनमा डढेलो लगाउने गरेको उनको भनाइ छ । प्रमुख देवले डढेलो लाग्न नदिन स्थानीय बासिन्दालाई वर्षेनि सञ्चारमाध्यमबाट सचेत गराउँदै आइरहेको बताए ।
उल्लेखित वनमा फागुनदेखि नै डढेलो लाग्न शुरु गरेको भए पनि सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । सो क्षेत्रबाट निरन्तर वनजन्य वस्तु तथा वन्यजन्तुको शिकार पनि भइरहेको वन कार्यालयका कर्माचारीहरू नै स्वीकार्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मधेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार