आइतबार , बैसाख ५, २०७८

नेपाल इन्फ्रास्ट्रक्चर बैंकसहित यी पाँच कम्पनीको शेयरमा उच्च माग ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकसहित यी पाँच कम्पनीको शेयरमा उच्च माग ?

११ चैत, काठमाडौं । शेयरबजारमा बुधबार पाँच कम्पनीको शेयरमा उच्च माग देखिएको छ ।

आज बुधबार नेप्सेमा कारोबारमा आएका कम्पनीहरुमध्येमा वोमी लघुवित्त, महिला लघुवित्त, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ को शेयरको उच्च देखिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

वोमी लघुवित्त वित्तीय संस्था

बुधबार वोमी लघुवित्त वित्तीय संस्थाको शेयर उच्च माग देखिएको छ । वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त एक आपसमा मर्जरमा गएपछि वोमी लघुवित्तको शेयर कारोबार रोकिएको थियो ।

लघुवित्तकाे रोक्का गरिएको कारोबार सोमबारदेखि फुकुवा भएसंगै लघुवित्तको शेयरमा उच्च माग देखिएको छ । कम्पनीको प्रतिशेयरमूल्य ८ सय ४७ पुगेकाे छ । प्रतिशेयरमूल्य ८ सय नाघेपनि शेयर बेच्ने शून्य छन् । भने शेयर खरिद गर्नेको चने चाप देखिन्छ ।

demand 2

महिला लघुवित्त

महिला लघुवित्तको शेयरमा पनि उच्च माग देख्न सकिन्छ । कम्पनीले भर्खरै मात्र नेप्सेमा आईपीओ सूचीकृत गरेको हो । आज कम्पनीको शेयरमूल्य ४६३ रुपैया पुगेको छ ।

 नेपाल इन्फ्रास्ट्रक्चर बैंक

आज निफ्राको शेयरमा पनि उच्च माग छ । आज निफ्राको शेयर ५.७४ प्रतिशतले बढेर प्रतिशेयरमूल्य ५७१ रुपैया पुगेको छ ।

चन्द्रागिरी हिल्स कम्पनी

नेप्सेमा चन्द्रागिरी हिल्स कम्पनीको आईपीओ सूचीकृत गरेपश्चात आज बुधबासम्म आईपुग्दा बढोत्तरी कै यात्रामा बढिरहेको छ । कम्पनीले माघ २३ गते, शुक्रबार एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो ।

कारोबार सुरु भएदेखि चैत ११ गते सम्म आईपुग्दा कम्पनीको प्रतिशेयरमूल्य १९ सय पुगेको छ । प्रतिशेयरमूल्य १८९० पग्दा पनि शेयर बेच्ने शून्य छन् ।

cgh 4

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ

बुधबार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको शेयरको खरिदमा उच्च चाप लागेको छ ।

यी पाँच कम्पनीको शेयरमा उच्च माग

demand h

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय