आलुको उचित मूल्य नपाउँदा किसान मारमा
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १९:९:५७
११ चैत, सर्लाही । उत्तर–पश्चिम क्षेत्रमा सयौं हेक्टरमा उत्पादन भएको आलुले उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । किसानले प्रतिकिलो ७०/८० रुपैयाँमा बीउ किनेर रोपेको आलु अहिले १५ रुपैयाँमा बिक्री गरेका छन् । छिमेकी मुलुक भारतबाट बजारमा सस्तो मूल्यमा आलु भित्रिएकाले यस क्षेत्रका किसानले उत्पादन गरेको आलुले भाउ नपाएको हो ।
लामो समयदेखि व्यावसायिक रुपमा आलुखेती गर्दै आएको वाग्मती नगरपालिका–७ राजघाटका रामप्रवेश महतोले यसवर्ष दुई बिघा क्षेत्रफलमा आलुखेती गरेका छन् । उनले खेतबाट नै व्यापारीलाई प्रतिकिलो १५ रुपैयाँ आलु बिक्री गरेका छन् । महतोले दुई बिघामा लगाएको आलुबाट गत वर्ष छ लाख १६ हजार रुपैयाँ आम्दानी गरेका थिए । यस वर्ष तीन लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपरेको उनले बताउए । महतोका अनुसार यसवर्ष प्रतिकट्ठा १० हजार रुपैयाँसम्म खर्च भएको छ ।
त्यस्तै, बरहथवा नगरपालिका–२ हजरियाका किसान चन्द्रप्रसाद वाग्लेले यसवर्ष आलु खेतीबाट लागत उठाउनसमेत मुस्किल परेको गुनासो गरे । ‘‘गत वर्ष प्रतिकिलो २५ रुपैयाँमा बिक्री गरेका थियौँ’’, उनले भने, “यो वर्ष १५ रुपैयाँमा बेच्नु प¥र्यो, लागत र परिश्रम उठेन ।” आलु लगाउने समयमा कालोबजारीमा युरिया मल प्रतिबोरा एक हजार ४०० देखि एक हजार ८०० रुपैयाँसम्म किनेको उनको भनाइ छ ।
उनका अनुसार भण्डारण स्थलको अभावमा किसानले खेतबाट नै आलु बिक्री गर्न बाध्य भएका छन् । सर्लाहीमा हजरिया, राजघाट, बरहथवा, शङ्करपुरलगायतका क्षेत्रमा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाब, कुप्रिसिन्दुरे, विविरे र कोमल जातको आलुको खेती गरिन्छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर करीब एक हजार ४०० हेक्टरमा आलुखेती हुने गरेको छ । यस वर्ष मात्र तीन लाख ५२ हजार २०० क्विन्टल आलु उत्पादन हुने ज्ञान केन्द्रले जनाएको छ ।
यस क्षेत्रका किसानले मकैलगायतको बालीमासमेत घुसुवा बालीको रुपमा आलु उत्पादन गर्दै आएका छन् । सर्लाहीमा उत्पादित आलु वीरगञ्ज, रौतहटको चन्द्रपुर, बाराको कलैया लगायतको स्थानमा शीत भण्डारणको लागि लैजानुपर्ने बाध्यता रहेको बरहथवा–२ हजरियाका किसान महेश बरालले गुनासो गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार