आमा समूहको भवन शिलान्यास
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १९:१५:३६
११ चैत, तनहुँ । म्याग्दे गाउँपालिका–४ छिम्लिस्वाँरा छाङमा कालिकामोइ आमा समूह भवनको शिलान्यास गरिएको छ । भवनको गण्डकी प्रदेश सरकार सामाजिक विकासमन्त्री नरदेवी पुन तथा म्याग्देका अध्यक्ष मायादेवी रानाले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । रु ११ लाखको लागतमा बन्ने समूहको भवन आगामी असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सो अवसरमा मन्त्री पुनले प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत स्थानीय तहले माग गरेअनुसार तालीम दिने गरे पनि सिकेको सीप व्यवहारमा लागु गरेको नपाइएको जनाउँदै मातृशिशु मृत्युदर घटाउने अभियानमा म्याग्दे एक कदम अघि भएकामा खुशी व्यक्त गरे ।
गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पृथ्वी राजमार्ग क्षेत्रमा रहेर पनि विकासका काममा पछि परेका अवस्थामा आफूले स्थानीय तह सम्हालेसँगै विकासका कार्य धेरै अघि बढेको जिकिर गरिन् । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले भूकम्पले भत्काएको खानेपानीका मुहान, बाटोघाटो, पुललगायत भौतिक क्षति भएकामा पुनःनिर्माण गर्न गाउँपालिकाको मात्र रकमले नपुग्ने हुँदा सङ्घीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
महाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
आइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
स्थानीय तहले सडक बत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले निकाल्यो सूचना
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
चैत १६, २०८० शुक्रबार
नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम, के के छन् त एजेन्डा ?
चैत १६, २०८० शुक्रबार