कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसमिति बैठक
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १९:१५:७
११ चैत, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले यहि चैत २० गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाईको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टीको क्रियाशील सदस्यता छानविन समितिको मागअनुसार बैठक बस्न लागेको हो । बैठकमा क्रियाशील सदस्यताका वितरण र नवीकरणमा भइरहेको ढिलाइबाट उत्पन्न परिस्थितिको सन्दर्भमा छलफल हुने छ ।
यस्तै, कांग्रेस क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति सकिँदा पनि सप्तरी, सिरहा, धनुषा, रसुवा, बारा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पामा प्रारम्भिक काम हुन सकेको छैन । आजसम्म करिब ४ लाख जनाले क्रियाशिल सदस्यताको मात्र सम्पुर्ण जानकारी इन्ट्री भएको छ । यसपटक मुलुकभर १० लाख क्रियाशिल सदस्य रहेको कांग्रेसले अनुमान गरेको छ । २० गते बस्ने बैठकले क्रियाशील सदस्यता बुझाउने कार्यतालिका संशोधन गर्ने छ ।
यतिबेला तालिका संशोधनका लागि छानविन समितिलाई गृहकार्य गरिरहेको छ । उक्त बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बुझिएको छ । ११ फागुनमा प्रतिनिधिसभा पुनःस्थापना भएपछिको राजनीतिक परिस्थितिबारे कांग्रेस केन्द्रीय कार्यसमितिमा छलफल हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
राष्ट्रिय सभामा शाक्य र महालेखा परीक्षकमा राया नियुक्त
बैशाख ६, २०८१ बिहिबार
सभापति देउवा र अध्यक्ष नेपाल भेटघाटमा वैकल्पिक गठबन्धनको चर्चा
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
साउदी नेपालसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो
बैशाख ५, २०८१ बुधबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’ [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमाले र माओवादीले पेश गरे संकल्प प्रस्ताव
बैशाख ६, २०८१ बिहिबार