झापामा क्षयरोग निको हुने दर उच्च
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १९:५०:४
११ चैत,बनियानी । झापामा क्षयरोग निको हुने दर उच्च रहेको पाइएको छ । यहाँ क्षयरोग निको हुने दर ९०.१ प्रतिशत रहेको छ । पछिल्लो समय जिल्लामा क्षयरोग निको हुने दर बढ्दै गएको स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिए ।
आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा ४०० महिला र ७१० पुरुष गरी एक हजार ११० क्षयरोगी फेला परेका थिए । चालु आव २०७७/७८ मा ३७३ महिला र ६३० गरी एक हजार तीन नयाँ क्षयरोगी फेला परेका छन् । जिल्लाको बिर्तामोड, दमक र मेचीनगर नगरपालिकामा क्षयरोग सङ्क्रमण धेरै रहेको संयोजक चम्लागाईंले बताए । झापामा धुलाबारी स्वास्थ्य केन्द्र र मेची प्रादेशिक अस्पताल भद्रपुरबाट क्षयरोग परीक्षण हुँदै आएको छ । क्षयरोगको औषधि सबै सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुँदै आएको छ ।
नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगी फेला पर्ने गरेका छन् । छ हजार ६०० को मृत्यु हुने गरेको चम्लागाईंले बताए । उनका अनुसार नेपालमा दैनिक १२३ नयाँ सङ्क्रमित फेला पर्ने गरेका छन् । अठार सङ्क्रमितको मृत्यु र ३४ सङ्क्रमित सम्पर्कविहीन भएका छन् । विश्वबाटै सन् २०५० सम्ममा क्षयरोग अन्त्य गर्ने लक्ष्य छ ।
यसैबीच झापाको बिर्तामोडमा आज विश्व क्षयरोग दिवस मनाइएको छ । ‘सङ्केत समयको क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा दिवस मनाइएको हो । बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीका अध्यक्षतामा भएको कार्यक्रममा क्षयरोग निवारणमा योगदान पु¥याउने चार जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सूर्योदय टेलिभिजनका पत्रकार तिलक योञ्जन, महिला सामुदायिक स्वास्थ्य स्वंम्सेविका गङ्गाकुमारी केसी, चारपाने स्वास्थ्य चौकीका कृष्णकुमारी अधिकारी, गरामनी स्वास्थ्यचौकीका राजेन्द्र निरौला, अनारमनी नगर अस्पतालका अजय विकलाई सम्मान गरिएको थियो । कार्यक्रममा नगरप्रमुख शिवाकोटीले प्रतिनिधिमूलक रुपमा विकलाई सम्मान गरिए पनि क्षयरोग निवारणमा सबैको भूमिका गहन भएको बताए । उनले ‘क्षयरोग निवारणमा सबै सचेत हुन आवश्यक छ’ भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
इलामा-२ मा नेकपा एसले जीतबहादुरलाई दियो टिकट
चैत १५, २०८० बिहिबार
इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई बनायो उम्मेदवार
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार