ओली शक्ति केन्द्रको मोहराः प्रचण्ड
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार २०:३:२२
११ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीमार्फत विदेशी शक्तिले नेपाली जनतको हक अधिकार कुण्ठित बनाउने प्रयास गरेको आरोप लगाएका छन् । आज राजधानीमा आयोजित राष्ट्रिय उद्योग व्यापार संगठनको भेलालाई संवोधन गर्दै प्रचण्डले भने – नेपाली जनताले प्राप्त गरेको हक अधिकारमाथि धावा बोल्ने प्रयास जारी छ,त्यसको नेतृत्व ओलीले गरिरहेका छन् ।
शान्ति प्रकृयादेखि नेकपा गठनको तहसम्म आइपुग्दा नेपाली जनताको हक अधिकार स्थापित गर्न ठूलो प्रयास भएको प्रसंग झिक्दै उनले तर ओली नै प्रतिगमनको मतियारका रुपमा खडा भए ,त्यो सबै शक्ति केन्द्रको चाहना र इसारामा भएको हो । तर नेपाली जनताले आफ्नो हक अधिकार जसरी भएपनि स्थापित गरिछाड्ने उनले बताए ।
पुस ५ गते अरुको इसारामा ओलीले प्रतिनिधिसभा विघटन गरेको भएपनि सर्वाेच्च अदालतले नेपाली जनताको हक अधिकार पुनस्थापित गरेको तर फागुन २३ गते फेरि ओलीको प्रतिगमनलाई बल पु¥याउने काम थपिएको उनले आरोप लगाए ।
ओलीलाई शक्ति केन्द्रको दलाल बनाइएको छ, उनले नेपाली जनताको हैन उनीहरुको सेवा गर्नेछन् भन्दै प्रचण्डले खतरा अझै टरिनसकेकोले आत्मनिर्णयको अधिकार धरापमा परेको बताए । नेपालीहरुमा आत्मनिर्णयको अधिकार छैन,निरिह नै रहन्छौ भन्ने सन्देश दिन खोजिएको भन्दै प्रचण्डले त्यसैले अझै सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार