सोमबार , बैसाख ६, २०७८

तनहुँमा क्षयरोगका बिरामी पहिचान गर्न कठिन

तनहुँमा क्षयरोगका बिरामी पहिचान गर्न कठिन

११ चैत,दमौली । नेपालमा दैनिक १८९ क्षयरोगका बिरामी थपिने गरेको तथ्याङ्क रहे पनि तनहुँमा भने क्षयरोगका बिरामी पहिचान गर्न कठिन भएको छ । विगत एक वर्षकोमा कोभिड सङ्क्रमणका कारण क्षयरोगका बिरामी पहिचान गर्न कठिन भएको हो ।

कोभिड सङ्क्रमणका कारण कोभिड न्यूनीकरणमा खटिनुपर्दा क्षयरोगका बिरामी पहिचान गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । यद्यपि अशिक्षा, अज्ञानता र भौगोलिक कारणले पनि क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको सुवेदीको भनाइ छ । “क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ”, सुवेदीले भने, “त्यसका लागि सबै पक्षको सहयोग अपरिहार्य हुन्छ ।”

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सन् २०५० सम्म नेपाल क्षयरोगविहीन बनाउने लक्ष्य छ । त्यसका लागि क्षयरोगका बिरामी पहिचान गरी उपचार गर्नुपर्ने बाध्यता रहेको सुवेदीले बताए । “उपचारमा नरहेको एक क्षयरोगीले औसतमा १० देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ”, उनले भने, “सो तथ्याङ्कलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।”

क्षयरोगी पहिचानका लागि कार्यालयले शङ्का लागेका व्यक्तिको घरमा पुगेर नै खकार सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाएको छ । “दुई हप्तासम्म खोकी लागेका शङ्कास्पद व्यक्ति पत्ता लागे घरमै पुगेर खकार सङ्कलन गरी परीक्षणको व्यवस्था मिलाएका छौँ”, सुवेदीले भने । क्षयरोगी पहिचानका लागि कन्ट्याक्ट ट्रेसिङको व्यवस्था पनि छ । सुवेदीका अनुसार ६ महिनामा दुईपटक कन्ट्याक्ट ट्रेसिङ गरिन्छ । दुई महिनामा पहिलोपटक र ६ महिनाभित्र अर्को पटक गरी कन्ट्याक्ट ट्रेसिङको व्यवस्था मिलाइएको छ ।

सुवेदीका अनुसार क्षयरोगी भएको घरका पाँच वर्षमुनिका बच्चालाई क्षयरोग छैन भन्ने प्रमाणित भएको खण्डमा तीन महिनासम्म औषधि खुवाइने गरेको छ । “घरपरिवारका सदस्यबाट नसरोस् भन्नका लागि उनीहरूलाई पनि औषधि खुवाउने व्यवस्था मिलाइएको हो”, उनले भने ।

लुकेर बसेका क्षयरोगीलाई पहिचान गर्न नसकिए जोखिम बढ्ने जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारी बताउछन् । “पछिल्लो एक वर्ष कोभिडका कारण समस्या भएको हो, तर जनशक्ति अभाव, अज्ञानता र अशिक्षा नै यसको मुख्य कारण हो”, अधिकारीले भने । अधिकारीका अनुसार लुकेर बसेका क्षयरोगी पत्ता लगाउन जन्तर भन्ने संस्थाले गाउँगाउँ पुगेर सहयोग गरिरहेको छ । “नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ, यसको प्रचारप्रसार गर्दै क्षयरोगीलाई उपचारको पहुँचमा ल्याउनुपर्छ”, अधिकारीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

रामनवमीमा माडीको अयोध्यापुरीमा राम मन्दिर स्थापना गरिने रामनवमीमा माडीको अयोध्यापुरीमा राम मन्दिर स्थापना गरिने २० घण्टा पहिले
त्रिभुवन आदर्श माविमा प्रजातान्त्रिक योद्धाको सम्झनामा अक्षयकोष स्थापना त्रिभुवन आदर्श माविमा प्रजातान्त्रिक योद्धाको सम्झनामा अक्षयकोष स्थापना १८ घण्टा पहिले
संक्रमण बढेसँगै यतीकाे स्वास्थ्य मापदण्डमा कडाई संक्रमण बढेसँगै यतीकाे स्वास्थ्य मापदण्डमा कडाई १६ घण्टा पहिले
फ्लोर क्रस गरेका तीन नयाँ मन्त्रीले आज शपथ लिने फ्लोर क्रस गरेका तीन नयाँ मन्त्रीले आज शपथ लिने २३ घण्टा पहिले
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सकियो वासन्ती छठ उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सकियो वासन्ती छठ ७ मिनेट पहिले
बर्दियामा ‘बङ्गुर मिसन कार्यक्रम’,स्थानीयमा खुशी बर्दियामा ‘बङ्गुर मिसन कार्यक्रम’,स्थानीयमा खुशी १८ घण्टा पहिले
नभाल्नीको केही दिनभित्र ज्यान जान सक्ने चिकित्सकको चेतावनी नभाल्नीको केही दिनभित्र ज्यान जान सक्ने चिकित्सकको चेतावनी २० घण्टा पहिले
फर्स्ट माइक्रोफाइनान्सको २५ हजार कित्ता शेयर लिलामी भर्ने आज अन्तिम दिन फर्स्ट माइक्रोफाइनान्सको २५ हजार कित्ता शेयर लिलामी भर्ने आज अन्तिम दिन १ घण्टा पहिले