हाइकिङ र साइक्लिङको साझा गन्तव्य बन्दै बेगनास
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार २१:२९:३६
११ चैत,गण्डकी । लेखनाथस्थित बेगनास ताल परिक्रमा गर्ने गरी पदमार्ग प्रवद्र्धनमा प्राथमिकता दिइएको छ । करीब सात वर्षअघि बेगनासतालको बाँधदेखि लाम स्वाहाँरा–स्याङखुदी–सिम्ले–भञ्ज्याङ–सुन्दरीडाँडा–पचभैया हुँदै पुनः बाँध क्षेत्रमा जोड्ने गरी पदमार्ग खोलिएकामा पछिल्ला समयमा छोटो दूरीमा पदयात्रा गर्न चाहनेहरूका लागि यो गन्तव्य रोजाइमा पर्ने गरेको छ ।
कूल १६ किलोमिटर दूरी लामो यो पदमार्ग चार घण्टा समयावधिमा पार गर्न सकिने पर्यटन व्यवसायी एवम् होटेल तथा रेष्टुरेन्ट एसोसिएशन लेखनाथका पूर्वअध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए । “यो पदमार्ग हाइकिङ एवं साइक्लिङ दुवैका लागि उपयुक्त छ”, उनले भने, “छोटो समयको पदयात्राका लागि साइक्लिङ गर्न चाहने जो कोही यस पदमार्गमा रमाउन सक्छन् ।”
पछिल्ला समयमा देशका विभिन्न ठाउँबाट पोखरा आउने पर्यटकहरू लेखनाथ क्षेत्रका ताल अवलोकन नगर्दासम्म आफ्नो यात्रा अपूरो ठान्ने गरेको बताउँदै थापाले माछाका परिकारको स्वाद लिनका लागि यहाँका माझी कुना, ड्यामसाइड, रुपातालको जमन कुनालगायत स्थानहरू अधिकांशको रोजाइमा पर्ने गरेको जानकारी दिए ।
तालसहितको रमणीय दृश्य नियाँल्दै पदयात्रा गर्न पाउने यो मार्गको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले सहयोग गर्ने बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारीले बताए । स्थानीय जागरुकतासँगै बोर्डले यहाँको प्रवद्र्धनका लागि सहयोग गर्ने बताउँदै उनले वातावरणीय स्वच्छतालाई दृष्टिगत गर्दै पदमार्गमा निर्माण गरिने संरचना सकेसम्म स्थानीय सामग्रीको प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।
पदमार्गको प्रवद्र्धनलाई लक्षित गर्दै बोर्डको प्रवद्र्धन एवम् होटेल तथा रेष्टुरेन्ट एसासिएशन लेखनाथको आयोजनामा हालै पर्यटनसम्बद्ध व्यवसायी, सञ्चारकर्मीसहितको टोलीले उक्त क्षेत्रको प्रवद्र्धनात्मक पदयात्रा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
गण्डकी प्रदेश प्रमुख भट्टले वैशाख ७ मा बोलाए अधिवेशन
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखिनुका कारण के हो ?
बैशाख ५, २०८१ बुधबार
एमालेले समर्थन दिएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी
बैशाख ६, २०८१ बिहिबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’ [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
बैशाख ६, २०८१ बिहिबार