वालिङ नगरपालिका सर्वोत्कृष्ट घोषित
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार २२:१३:४३
११ चैत, वालिङ । स्मार्ट सिटीकोरुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट नगरको रुपमा घोषित भएको छ । नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी ओलीले वालिङ नगरपालिका नगर प्रमुख दिलीपप्रताप खाँणलाई पुरस्कार प्रदान गरेका हुन् ।
वालिङ नगरपालिका शहरी योजना, वातावरण, विपद जोखिम ब्यवस्थापन र उत्थानशिलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो । नगरपालिका सर्वोत्कृष्ट घोषित भएसँगै नगर प्रमुख खाँणले आगामी दिनमा काम गर्नका लागि थप उर्जा तथा प्रेरणा मिलेको प्रतिक्रिया दिए । “वालिङ नगरपालिका नेपाल नगरपालिका संघ, विभिन्न दातृ निकायहरुसँग हातेमालो गर्दै विकासको गतिमा अगाडि बढिरहेको छ” नगर प्रमुख खाँणले भने, “हामीले गरेको कार्य देशभरकै सर्वोत्कृष्ट रहेको भनी मूल्याङ्कन गर्ने मूल्याङ्कनकर्ताहरुप्रति नगरपालिकाकोतर्फबाट आभार ब्यक्त गर्दछु ।”
नगरपालिका सर्वोत्कृष्ट घोषित भएसँगै आगामी वर्षहरुमा थप बजेट विनियोजन भएर आउने नगर प्रमुख खाँणले बताए । वालिङ नगरपालिकाले शहरी विकासका क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनहरु निर्माण गरी विगत दुई वर्षदेखि कार्यान्वयनका चरणमा रहेको उपप्रमुख कल्पना तिवारीले बताए ।
नगरपालिकाले यहाँका नागरिकहरुलाई विपदजन्य जोखिमकाकारण हुनसक्ने संभावित घटनालाई मध्यनजर गर्दै नागरिकको सुरक्षाका लागि निरन्तर कार्य गर्दै आईरहेको र वर्षायाममा जोखिम संभावित बस्तीका नागरिकलाई नजिकैको विद्यालयहरुमा स्थानान्तरण गर्ने कार्य गरिएको उनले बताए । पहिरोका कारण विस्थापित परिवारकालागि स्थानीय तहमै ब्यवस्थापनका लागि समिति गठन गरी ब्यवस्थापनमा नगरपालिका रहेको उनको भनाई थियो ।
यसअघि वालिङ नगरपालिका नेपाल नगरपालिका संघको २३ औं स्थापना दिवसका अवसरमा देशभरका २१७ नगरपालिकामध्ये सर्वोत्कृष्ट घोषित भई रु. एकलाख पुरस्कार प्राप्त गरेको थियो । नगरपालिकाले उत्कृष्ट सेवा प्रवाह, शहरी योजना, सुशासन, फोहोरमैला ब्यवस्थापन लगायतका विषयबस्तुलाई मूल्याङ्कन गर्दै वालिङ सर्वोत्कृष्ट बन्न सफल भएको थियो ।
यसअघि संघीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा देशभरका पालिकाहरुमध्ये सर्वोत्कृष्ट सफा नगरकोरुपमा वालिङलाई पुरस्कृत गरेको थियो । नेपाल नगरपालिका संघले विभिन्न तीन विधामा देशभरका नगरपालिकाहरुमध्येबाट स्याङ्जाको वालिङ नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र झापाको कन्काई नगरपालिका सर्वोत्कृष्ट बनेका हुन् ।
वालिङ नगरपालिका शहरी योजना, वातावरण, विपद जोखिम ब्यवस्थापन र उत्थानशिलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो भने रुपन्देहीको तिलोत्तमा नगरपालिका शहरी सुशासन सेवा प्रवाहमा र झापाको कन्काई नगरपालिका आर्थिक प्रशासन तथा राजश्व शीर्षकमा सर्वोत्कृष्ट भई पुरस्कृत भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार