पार्टी मोडालिटीबारे छलफल गर्दैछौँ : अध्यक्ष दाहाल
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार २३:११:५१
११ चैत,काभ्रेपलाञ्चोक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताएका हुन् ।
“पार्टीलाई कुन संरचनामा कसरी लैजाने, पूर्वसंरचना जस्ताको त्यस्तै जीवित राख्ने कि परिमार्जन र सुदृढ गरेर लैजाने या अर्को कुनै नयाँ मोडालिटीको खोजी गर्ने बारेमा केन्द्रीय कमिटीमा छफलमै छौँ”, अध्यक्ष दाहालले भने । उनले माओवादी केन्द्र कम्युनिष्ट एकता प्रक्रियामा सङ्ख्यात्मकरुपमा जुन संरचनामा गएको थियो सोही यथावत राख्ने वा थप एकतामा जाने भन्ने विषयमा पनि छलफल भइरहेको बताए ।
अध्यक्ष दाहालले एक भएका दुई कम्युनिष्ट पार्टीलाई यथावत बनाउने अदालतको निर्णय असहमत भए पनि स्वीकार्दै विभिन्न जनवर्गीय सङ्गठनमा छलफल गर्दै सबैलाई समेट्ने संचना बनाउने विषयमा पार्टी निकट व्यापारिक सङ्गठनसँग सुझाव माग गरे । उनले भने, “पार्टीको मोडालिटीबारे तपाईहरुको पनि रचनात्मक सुझाव दिनुहोस्, राष्ट्रिय पूँजी र अर्थतन्त्रका विरुद्ध लाग्नेको लागि सङ्घर्षमा अहिले पनि लागिरहेका छौँ, सङ्गठित र संस्थागतरुपमा हामीलाई तपाईहरुको साथ चाहिन्छ, राष्ट्रिय पूँजी निर्माण गर्दै रोजगारी सिर्जना गर्न सङ्गठनले मुख्य भूमिका खेल्नुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार