बिहिबार , बैसाख २, २०७८

प्रसाईंको निधनप्रति डा. शेखरद्धरा दुःख व्यक्त

प्रसाईंको निधनप्रति डा. शेखरद्धरा दुःख व्यक्त

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सि.के प्रसाई (भरतबाबु) कि धर्मपत्नी गिरिराजकुमारी प्रसाईंको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले परिवारजनमा समेत समबेदना व्यक्त गर्दै भाउजुप्रति हार्दिक श्रद्धञ्जली अर्पण गरेका छन् ।

नेपाली कांग्रेसका एकमात्र निष्ठावान तथा समाजवादका व्याख्याता साथै विद्वताले भरिपुर्ण रहेका सि.के. प्रसाई (भरतबाबु) कि धर्मपत्नी नेपाली आकाशकी एक आदर्शवान महिला गिरिराजकुमारीको निधनको खबरले अत्यन्तै स्तब्ध र मर्माहत बनाएको बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोइरालाको सचिवालयमार्फत सम्प्रेषण गरिएको शोक शन्देसमा कोइरालाले लेखेका छन् “नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्याउनुभएको योगदान अनुकरणीय रस्मरणीय रहिरहनेछ। परिवारजनमा समबेदना र भाउजुप्रति श्रद्धाञ्जली ।”

shekhar massage

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय