आइतबार , बैसाख ५, २०७८

शुक्रबार बाेलायाे माधव-झलनाथ पक्षले केन्द्रीय समिति बैठक

शुक्रबार बाेलायाे माधव-झलनाथ पक्षले केन्द्रीय समिति बैठक

१२ चैत, काठमाडामैं । नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजेका लागि तय भएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी एकतालाई कसरी जोगाउने र कसरी अघि बढ्ने भन्ने नै छलफलको एजेण्डा रहेको छ ।

यसअघि बालुवाटारमा अध्यक्ष केपी ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरु सहभागी भएका थिएनन् । ओलीले फागुन २३ पछि एक पक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्यको मनोनयन गरेको तथा नेताहरुको जिम्मेवारी खोसेको भन्दै माधव-झलनाथ पक्षले समानान्तर गतिविधि गर्दै आएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

राष्ट्रिय कार्यकर्ता भेला, जनवर्गीय संगठनहरुको बैठक लगायतका गतिविधि गरको सो पक्षले अब चाँडै जिल्ला जिल्लामा पनि समानान्तर संगठन निर्माणको तयारी गरिरहेको छ ।

उता, बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले नै वरिष्ठ नेता नेपालसहित चार जना नेताहरुलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्न गरेको निर्णयअनुसार नेताहरुलाई सोमबार पत्र पठाएर स्पष्टीकरण सोधिएको छ । उक्त स्पष्टीकरणको प्रतिप्रश्न गर्दै जवाफ दिने तयारीमा नेताहरु जुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय