अमेरिकामा कोराेना संक्रमितको संख्या तीन करोड नाघ्यो
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार १८:१:१२
१२ चैत, न्युयोर्क । अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार २४५ जना पुगेको हो ।
अमेरिकामा पछिल्लो एक सातामै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित निकै बढेका बताइएको छ । अमेरिकी समाचार संस्था सीएनएनकाअनुसार पछिल्लो एक सातामा अमेरिकामा कोरोना भाइरसका संक्रमित निकै तीब्र गतिमा बढेका हुन् । गत सोमबारसम्म अमेरिकामा पाँच लाखभन्दा बढी मानिसको ज्यान कोभिड–१९ को कारण गएको थियो ।
मृतकको संख्या पनि पछिल्ला केही समयमा तिब्र गतिमा बढेको बताइएको छ । अहिले अमेरिकमा मृतकको संख्या पाँच लाख ४५ हजार ५३ जना पुगेको बताइएको छ । अमेरिकामा पछिल्लो समयमा कोभिडको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको बताइएको छ । अमेरिकी राज्यहरुमध्ये सबैभन्दा धेरै प्रभावित यहाँको क्यालिफोर्निया राज्यमा परेको छ ।
उक्त राज्यमा ३६ लाख ४७ हजारभन्दा बढी व्यक्ति यो महामारीबाट संक्रमित भएका बताइएको छ । त्यसपछि टेक्सासमा २७ लाख र फ्लोरिडामा २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । त्यसैगरी न्युयोर्कमा भने १८ लाखभन्दा बढी मानिस संक्रमणको चपेटामा परेका छन् । यसरी संयुक्त राज्य अमेरिका विश्वकै सबैभन्दा बढी संक्रमित र मृत्यु भएको सबैभन्दा बढी प्रभावित देशको सूचीमा परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार