लालबन्दीबाट १५ किलो गाँजासहित ३ जनालाई पक्राउ
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार १८:०:१९
१२ चैत, जनकपुरधाम । सर्लाही प्रहरीले लालबन्दीबाट १५ किलो लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको लालबन्दी नगरपालिका-७ मा ना२ह ५९३६ नम्बरको अटो चेकजाँच गर्ने क्रममा सिटमुनि लुकाई राखिएको १५ किलो गाँजा बरामद गरेको हो ।
गाँजा फेला परेपछि अटो चालक लालबन्दी ११ बस्ने ४७ वर्षीय सोमबहादुर स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको सूचनाका आधारमा ईश्वरपुर नगरपालिका ८ वस्ने ३२ वर्षीय रामविश्वास राउत र महोतरीको सोनमा गाउँपालिका-४ वस्ने ३३ वर्षीय रमाशंकर राउतलाई पनि प्रहरीले नियन्त्रण्मा लिएको छ ।
राउतद्वयलाई लालबन्दी नगरपालिका-कालिन्जोर खोलाबाट बीआर ३० टी ०१०३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यसअघि ८ चैतको राति लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जबाट ज १ ह ४६०९ नम्बरको अटोमा सवार तीनजनालाई १५ किलो गाँजासहित पक्राउ गरिएको थियो । अटो चालक ४५ वर्षीय पुष्पबहादुर फुयाँल, ४० वर्षीय सुरेन्द्रकुमार बल र वडा नम्बर १४ निवासी ४१ बर्षीय पाल्साङ पाख्रीङलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार