सडक निर्माणले गति लिन नसक्दा स्थानीय बासिन्दालाई सास्ती
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार १९:१३:३८
१२ चैत,सर्लाही । पूर्व–पश्चिम लोकमार्गस्थित सर्लाहीको फुजोरबाट–त्रिभुवननगर सडकखण्डको निर्माणले गति लिन सकेको छैन । यसले गर्दा स्थानीय बासिन्दा दैनिक सास्ती खेप्न बाध्य भएका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले स्थानीय आजित भएका छन् । सडकले सुविधाभन्दा सास्ती बढी दिएको स्थानीय कपिल साहले गुनासो गरे ।
तीन वर्षमा निर्माण सकिनुपर्ने यस सडक खण्ड चार वर्ष वितिसक्दला पनि अधुरै छ । रु ८६ करोडमा विसं २०७३ मा ठेक्का लागेको यस सडकको निर्माण ५० प्रतिशत पनि पूरा भएको छैन । “काममा ढिलासुस्ती हुँदा एक दर्जनभन्दा बढी गाउँका बासिन्दा हिलो र धुलोमा यात्रा गर्न बाध्य छन् । दुर्घटनाको जोखिम पनि उत्तिकै छ । सडक मापदण्डमा परेका घर स्थानीयवासीले भत्काएका छन् । काममा ढिलाइ भएको जनाउँदै स्थानीयवासी आक्रोशित बनेका”, ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोद साहले भने ।
त्रिभुवननगरबाट पूर्व–पश्चिम लोकमार्ग फुलजोरसम्म सडक कालोपत्र गर्न सन् २०१७ मै टुण्डी–आशिष–सन्तोषी ९जेभी० कम्पनीले ठेक्का लिएको चार वर्ष बितिसकेको छ । यस अबधिमा करिब २५ किलोमिटर सडकको काम ५० प्रतिशत पनि नसकिएको छैन । रु ८६ करोड एक लाख ६६ हजारमा २५ किलोमिटर लामो यस सडक २०२० जुनमै निर्माण सकिनुपर्ने थियो । निर्माण अलपत्र परेपछि आगामी असार मसान्तसम्म म्याद थपिएको छ । अहिलेसम्म आधामात्रै काम भएकाले थपिएको समयमा पनि नसकिने निश्चित रहेको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले जानकारी दिए ।
सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार आफूहरूको सम्पर्कमा नरहेको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष साहले बताए । ठेकेदारको लापरवाहीका कारण काममा ढिलासुस्ती भएको र दुर्घटना पनि बढेको उनको भनाइ छ ।
सो सडक जिल्लाको ईश्वरपुर नगरपालिका, चन्द्रनगर र ब्रह्मपुरी गाउँपालिकासहित धेरै गाउँलाई पूर्व–पश्चिम राजमार्ग, सदरमुकाम मलङ्गवा र छिमेकी मुलुक भारतको बिहार राज्यसँग जोड्ने मुख्य सडक रहेको छ । ढिलाइ गर्ने ठेकेदारलाई कारवाही गरेर छिटो सडक निर्माण सक्न स्थानीयवासीले सरकारसँग पटक–पटक मागसमेत गरेका छन् ।
निर्माणको ठेक्का पाएको कम्पनीका ठेकेदार जीवन कँडेल कोरोना महामारीका कारण घोषणा गरिएको लकडाउनका कारण काममा समस्या भएको बताउछन् । उनले भने, “सडकमा प्रयोग हुने मेसिन चलाउने अपरेटर छिमेकी देश भारतबाट आउने भएका कारण कोरोना समयमा घर गएका अपरेटर ढिलो आउँदा काम ढिलो भएको हो । ” ठेकेदारले समयमा काम पूरा नगरेको जनाउँदै स्थानीयवासी शान्ता श्रेष्ठको नेतृत्वमा सो सडकखण्डमा पटक–पटक आन्दोलनसमेत भएको थियो ।
राजमार्ग अतिक्रमण गरेर व्यापार ,दुर्घटनाको जोखिम
यहाँका मुख्य बजार लालबन्दी र हरिवनको मुख्य चोकमा सडक मिचेर व्यापार–व्यवसाय गरिँदा दुर्घटनाको जोखिम बढेको छ । ती क्षेत्रका पूर्व–पश्चिम लोकमार्गमा स्थित बसपार्क र सडकपेटीमा सडक अतिक्रमण गरी व्यापार– व्यवसाय गर्ने क्रम बढ्दै गएकोे हो ।
जिल्लाकै व्यापारिक केन्द्रका रूपमा रहेका ती मुख्य बजारमा सञ्चालित विभिन्न पसल व्यवसायीलाई पटक–पटक आफ्नो व्यवसाय हटाउन आग्रह गरेको भए पनि प्रभावकारी बन्न सकेको छैन् । यी बजारमा व्यापारीले बिहानैदेखि राजमार्ग अतिक्रमण गरेर फलफूललगायत विभिन्न सामग्री किनबेच गर्दै आएका छन् ।
सडकमै हुने गरेको व्यापारका कारण दुर्घटनाको जोखिम दिनानुदिन बढदै गएको ट्राफिक प्रहरीले जनाएको छ । व्यस्त सडक र तीव्रगतिमा आएका सवारी साधनले कतिबेला कहाँ र कति क्षति गर्छ भन्ने अनुमान पनि लगाउन नसकिने स्थानीय व्यापारी किसान महतो बताउछन् । लोकमार्ग अतिक्रमण गरेर व्यापार गर्ने व्यापारीलाई करको दायरामा ल्याउने प्रयास नगरिदिँदा मनोमानी बढेको र नियमकारी निकाय मौन रहेको व्यापारीको आरोप छ ।
लोकमार्ग अतिक्रमण गरेर व्यापार गर्ने व्यापारीलाई ट्राफिक प्रहरीले समेत पटक–पटक हटाउन आग्रह गरेको भए पनि व्यापारी व्यवसायीले अटेर गरेका छन् भने स्थानीय सरकारले पटक–पटक हटाउँदासमेत अटेर गरेका लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष सुरेन्द्र न्यौपाने ९कुमार० ले बताए । उनका अनुसार आफूहरुले पटक–पटक हटाउने प्रयास गरेपनि फुटफाटका व्यपारीले हटाएको दिन हटाउने र भोलिपल्ट फेरि आएर सोही स्थानमा व्यापार गर्ने गरेका छन् । नगरपालिकाको आफ्नै भित्री बजार व्यवस्थित नरहेका कारण पनि केही समस्या आएको हरिवन नगरपालिका–१० का वडाध्यक्ष शम्भु मैनालीले जाकारी दिए ।
पहुँच भएकाले सडक मिचेरै बनाएको संरचना हटाउन वास्ता नगरिएको तर निमुखामाथि प्रशासन र स्थानीय सरकार पनि निर्मम भएको व्यापारीको भनाइ छ । लालबन्दी र हरिवनमा लोकमार्ग तथा सडक अतिक्रमण गरेर व्यापार व्यवासाय मात्र नभई पार्किङको उचित सुविधासमेत नहुँदा अटो, इ–रिक्सा तथा माल ढुवानी गर्ने ठेला पनि लोकमार्गमै लगाउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार