सिसिटिभी बिग्रिदा अपराध नियन्त्रणमा समस्या
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार १९:४५:१
१२ चैत,लमजुङ । लमजुङका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन् । सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सिसिटिभी मर्मत हुन नसकेका हुन् । त्यसले गर्दा आपराधिक घटना भइहाले पनि अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्तिसुरक्षाको अनुभूति दिलाउनमा प्रहरीलाई समस्या हुने गरेको छ । प्रहरीले सिसिटिभीको अभावले काममा कठिनाइ भएको बताउँदै आएको छ ।
जिल्लामा हालसम्म ४४ वटा सिसिटिभी सडकमा जडान भएका छन् । तीमध्ये आठ वटामात्र सञ्चालनमा छन् । त्यही पनि सामान्य खालका मात्र रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ओमप्रकाश पुनले बताए । बेँसीशहर नगरपालिकामा जडान गरिएका ३२ वटा सिसिटिभीमध्ये हाल चार र मध्यनेपाल नगरपालिकामा जडान गरिएका १२ वटा सिसिटिभीमध्ये चार गरी आठ बटा मात्र सञ्चालनमा रहेको र अरु सबै बिग्रिएका छन् । बेँसीशहरमा जडान गरिएका सिसिटिभी गत वर्षको पुससम्म १२ वटा सञ्चालनमा आए पनि सोहीमध्ये पनि बिग्रिएर तीन महिनादेखि चार वटा मात्रै सिसिटिभीले काम गरिरहेको प्रहरी निरीक्षक पुनको भनाइ छ ।
बेँसीशहर बजारका फुलबारी, नारायणस्थान, भीमसेनस्थान, मनाङेचौतारा, शेराबजार, मजुवाखोला, ठाडोलाइन लगायतका स्थानमा सिसिटिभी जडान गरिएको छ । तर बिग्रए पश्चात् लामो समयसम्म पनि मर्मत नभएकाले अधिकांश सिसिटिभीले काम नगरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पुनले भने, “हामीलाई अपराध नियन्त्रण तथा विभिन्न घटना सहज रुपमा पत्ता लगाउनलाई सिसिटिभीले मद्दत गर्ने गर्दछ, तर यहाँ जडान गरिएका अधिकांश सिसिटिभी नै बिग्रिएको समस्या भइरहेको छ ।”
उनले सिसिटिभी जडान भएका क्षेत्रमा विभिन्न पसलमा मोबाइल चोरी गरेका तीन÷चार जना र विभिन्न घटना घटाउँदै गएका केही व्यक्तिलाई समातेका थियौँ भन्दै सिसिटिभी बिग्रिँदा प्रहरीलाई पनि अपराध नियन्त्रणमा कठिनाइ भइरहेको बताए । प्रहरी निरीक्षक पुनले भने, “विषेशगरी पसल चोरी, विभिन्न दुर्घटनादेखि रातिको समयमा आएका सवारी साधन, रातिको समयमा हिँडेका व्यक्तिले गरेका सबै क्रियाकलाप प्रहरी कार्यालयमा रहेको सिसिटिभीको कन्ट्रोल कक्षबाटै देख्न सकिन्थ्यो, सिसिटिभी बिग्रिएकाले प्रहरी नै विभिन्न स्थानमा खटिनु परिरहेको छ ।”
उनका अनुसार सिसिटिभीको अभाव हुँदा शान्तिसुरक्षा कायम गर्न, अपराध अनुसन्धान गर्न जटिल हुने गरेको छ । यस्तै, ट्राफिक व्यवस्थापन तथा दुर्घटना हुँदाको अवस्था बुझ्न पनि ट्राफिक प्रहरीलाई अप्ठ्यारो भएको छ । विभिन्न अनुसन्धान गर्नका लागि कुनै पसलले वा अफिसले राखेका सिसिटिभीमा गएर प्रहरीले हेर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । रु २० लाख बराबरको २४ वटा सिसिटिभी विसं २०७४ जेठ १८ गते जडान गरिएको थियो । बेँसीशहर नगरपालकाभित्रका सिसिटिभीको मर्मतसम्भारको जिम्मा दुई वर्षदेखि नगरपालिकाले लिँदै आएको छ । तर समयमै मर्मतसम्भार हुन नसक्दा अधिकांश क्यामराले काम गरेका छैनन् । बेँसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलका अनुसार केही समयअघि बसेको कार्यपालिका बैठकले मर्मतसम्भारका लागि रु साढे चार लाख बजेट छुट्याएको हुँदा चाँडै मर्मतको काम शुरु हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
बैशाख ७, २०८१ शुक्रबार
सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट गोली काण्डपछि बढाइयो शाहरूखको सुरक्षा
बैशाख ७, २०८१ शुक्रबार