
१२ चैत, काठमाडौं । ज्योति विकास बैंकले आज रुपन्देही जिल्लाको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्यू आर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ । अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यकासाथ बैंकले अमुवा बजारमा ५० ओटाभन्दाबढी क्यु आर कोड वितरण गरेको छ।
क्युआर भुक्तानी प्रर्वद्धन कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश क्षेत्रका प्रमुख कपिल न्यौपाने र डिजिटल बैंकिंग प्रमुख सुदीप ढकालले अमुवा बजार तथा बजार वरपर क्षेत्रमा रहेका पसल व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरेका थिए । साथै कार्यक्रममा क्यु.आर सम्बन्धिवि भिन्न जानकारी पनि प्रदान गरिएको थियो।
क्युआर कोड सेवा सुरु भएसँगै अमुवा बजारमा रहेका पसलहरूबाट आफूले खरिद गरेका वस्तुको भुक्तानी गर्दा आफ्नो मोबाइलबाट क्यु.आर कोड स्क्यान गरी सिधै आफ्नो बैंक खाताबाट रकम भुक्तानी गर्न सकिने छ।
क्युआर कोड सेवाबाट आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झञ्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने तथा सरल, सहज र सुरक्षित भुक्तानी लगायतका थुप्रै सुविधाहरु प्राप्तहुने छ।
बैंकले देशका विभिन्न स्थानहरुमा व्यवसायीहरुलाई प्रदान गरेको क्यु.आर कोड सेवाले आमग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ साथैबैंकले डिजिटल बैंकिंगलाई थप प्रर्वद्धन र देशभरी नै क्यु.आर कोड वितरण गर्नेर विस्तारित बनाउने प्रतिवद्वता व्यक्त गरेको छ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ४६ अर्ब निक्षेप संकलन गरी २३ हजार भन्दा बढि ऋणीलाई करिब रु. ३९अर्ब लगानी गर्न सफल भएको सूचना अधिकारी रामहरिआचार्यले बताए ।
प्रतिक्रिया