सोमबार , बैसाख ६, २०७८

शेरबहादुर जी’ले ठिक भन्नुभो, मुद्धा झुठो नै हो : कोइराला

शेरबहादुर जी’ले ठिक भन्नुभो, मुद्धा झुठो नै हो : कोइराला

१२ चैत, काठमाडौं । झुठो मुद्धामा फसाइएका भनिएका प्रदेश नं. २ अन्तर्गत रौतहट जिल्ला क्षेत्र नं. २ का नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री मो. अफताब आलमलाई राजनीतिक प्रतिशोधका कारण सरकारले गरेको कार्वाही प्रति नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले रोष व्यक्त गरेका छन् ।

पत्रकारले सोधेको एक प्रश्नको उत्तरमा कुनै राजनैतिक मुद्धा हो यो रु भन्ने प्रतिप्रश्न गर्दै महामन्त्री कोइरालाले आलमलाई जेल हालिएको भन्दै आक्रोश व्यत्त गरेका छन् । कोइरालाले भनेका छन् : १०/११ बर्ष अगाडिको मुद्धालाई सुनियोजित तरिकाले उचालेर कसैको राजनैतिक करियर समाप्त पार्ने दुस्साहसमा वर्तमान ओली सरकार लागेको आरोप लगाए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोइरालाले भनेका छन् :- शेरबहादुर जीले ठिकै भन्नू भयो, झुठो मुद्धामा फसाइएका सांसद आलमलाई राजनीतिक प्रतिशोधका कारण सरकारले फसाउन खोजेकै हो । हामी यसलाई निष्पक्ष तरिकाले अनुसन्धान गरेर निर्दोष आलमलाई छुटाउने छौ ।

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि केहि दिन अघि आलम निर्दोष रहेको र उनलाई छुटाउन आफु लागि पर्ने बताएका थिए । यसरी हेर्दा अहिले नेपाली कांग्रेसका सभापति र महामन्त्रीको कांग्रेस नेता आलमको मुद्धाको बिषयमा अहिले एउटै आवाज देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय