इरानी युवती किन असाध्यै सुन्दरी हुन्छन ?
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार २१:३१:३८
आकर्षक को हुन् ? यसमा सबैको मत मिल्छ भन्ने छैन । भूगोल र समुदाय अनुसार सुन्दरताको मापन पनि भिन्न भिन्नै हुनसक्छ । कतै कालो छाला मन पराइन्छ भने, कतै गोरो । कतै पातलो ओंठलाई आकर्षक मानिन्छ, त कतै मोटो ओंठलाई । कसैले सलक्क केस रुचाउँछन् भने, कसैले कर्ली ।
यद्यपी झट्ट हेर्दा हामी जस्तो सौन्दर्यबाट मोहित हुन्छौं, त्यसमा अधिकांशको मन मिल्छ । यस हिसाबले सौन्दर्यको चर्चा गर्दा इरानी महिलाहरु अग्रस्थामा पर्छ । आँखा, अनुहारको बान्की, शरीरको बनौटले उनीहरुतर्फ सबैको ध्यान खिचिन्छ ।
इरान एक मुस्लिम बहुल देश हो । त्यहाँ महिलाको जीवन त्यती सहज छैन । यद्यपी सुन्दरताको कसीमा उनीहरुले विश्वका महिलाहरुलाई उछिन्छन् ।
वंशानुगत गुण
इरानी महिला सुन्दर हुनुको कारण वंशानुगत गुणलाई दिइन्छ । अर्थात वंशानुगत रुपमै उनीहरु सुन्दर एवं आकर्षक अनुहार लिएर जन्मन्छन् । जन्मजात उनीहरुले सुन्दर अनुहार पाउँछन् ।
भौगोलिक प्रभाव
इरानी महिला संसारभरकै सुन्दर मानिनुको कारण त्यहाँको भूगोल पनि हो भनिन्छ । वैज्ञानिक दृष्टिकोणले हेर्दा उनीहरु बाँचेको भूगोल र प्राकृतिकले यसमा खास भूमिका खेलेको छ ।
खानपान
इरानी महिला आकर्षक हुनुमा उनीहरुको खानपानले पनि काम गरेको छ । भनिन्छ, उनीहरु खानपानमा ज्यादै सर्तक छन् ।
इरानी महिला आकर्षक हुनुमा उनीहरुको जन्मजात गुण त छँदैछ, त्यसमाथि उचित खानपान नै हो ।इरानी महिलाहरुले आफ्नो डाइटमा माछा र ओखर सामेल गर्छन् । उनीहरु मह पनि नियमित रुपले सेवन गर्छन् ।
इरानी महिलाहरु विशेषगरी गहुँलाई पिनेर बनाइएको खाना ‘बल्गर’ खाने गर्दछन् । यसले अनुहारको छालाको चमकका साथै शरीरीक बनावटलाई नियन्त्रित गर्ने गर्दछन् ।
अनुहारको मसाज
इरानी महिला आफ्नो अनुहारलाई नरिवलको तेलले मसाज गर्दछन् । नरिवलको तेलले छालाको चमक बढाउँछ । जसका कारण बढ्दो उमेरको असर अनुहार दश भन्दा कम देखिन्छ । ओंठलाई सुन्दर बनाउनका लागि उनीहरु अनारको तेलको प्रयोग गर्छन् ।
गुलाबको पानीले अनुहार धुने
इरानी महिलाहरु गुलाबको पानीले अनुहार धुने गर्छन् । खराब अनुहार सुन्दर बनाउन यसले राम्रो काम गर्छ । गुलाबको पानीमा भिटामिन ए र ई हुन्छ, जो स्वस्थ्य छालाको लागि एकदमै आवश्यक मानिन्छ । इरानकी एक मोडलले दिएको अन्र्तवार्तामा यो रहस्य खुलाएकी थिइन् ।
दही र पुदिनाको सेवन
उनीहरु धेरै भन्दा धेरै दही तथा पुदिनायुक्त पेय पदार्थ ‘शिनेना’को सेवन गर्दछन् । यसको सेवनले अनुहारको छाला तथा कपाललाई स्वस्थ राख्नुका साथै अनुहारमा चाउरीपना हुन दिदैन ।
सुप सेवन
इरानी महिला विशेषगरी, दही , तरकारी तथा मासुबाट बनेका सुपका सेवन अधिक मात्रामा गर्दछन् । यसले सौन्दर्य बढाउनुका साथै शरीरको तौलन नियन्त्रित रहन्छ ।
सर्जरीको साहारा
इरानी महिलाहरुमा प्लाष्टिक सर्जरीको क्रेज बढ्दो क्रममा छ । प्लाष्टिक सर्जरीकै कारण पछिल्लो समय उनीहरु आर्कषक देखिन थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार