बिहीबार यी कम्पनीको शेयरमा उच्च माग ?
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार २१:५४:२०
१२ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २१ अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार २५७०.२६ विन्दुमा बन्द भएको नेप्से यस दिन २१.२९ अंक घटेर २५४८.९६ विन्दुमा झरेको हो।
आज ६ अर्ब ५० करोड ८ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड २५ लाख ४८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार यी कम्पनीको शेयरमा उच्च माग ?
बिहीबार महिला लघुवित्त, वोमी लघुवित्त, चन्द्रागिरी, निफ्रा, एनआईशि एशिया ब्यालेन्स फण्डको शेयरमा खरिदकर्ता झुम्मिएका हुन् । आज महिला लघुविततको शेयरमा सबैभन्दा बढि माग आएको छ ।
लघुवित्तको शेयरमा ४ लाख ८६ हजार कित्ताको लागि माग आउदा बिक्रीकर्ता भने कोही देखिएनन् । त्यस्तै वोमी लघुवित्तको शेयरमा ४ लाख ६८ हजार कित्ताको माग परेको हो ।
त्यस्तै चन्द्रागिरीको शेयरमा ३ लाख २५ हजार कित्ताको माग आउदा बिक्री देखिएनन् । त्यस्तै निफ्रा र एनआईसी एशिया ब्यालेन्स फण्डमा २ लाख ७२ हजार कित्ताको माग आएको हो ।
बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
आज चन्द्रागिरी हिल्स कम्पनीको शेयर १० प्रतिशतले बढेर पूतिशेयरकित्ता २ हजार ९७ रुपैयाँ पुगेको छ । त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयर ९ दशमलब ९७ प्रतिशतले बढेर प्रतिकित्ता २२ सय २९ रुपैयाँ,
वोमी लघुवित्तको शेयर ९ दशमलव ९४ प्रतिशतले बढेर प्रतिशेयरमूल्य ९७३ रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सको ७ दशमलव ८२ प्रतिशतले बढेर १२५४ रुपैया र माउन्टेन हाइड्रोको ७ दशमलव १४ प्रतिशतले बढेर प्रतिशेयरमूल्य २८५ रपैयाँ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार