
१२ चैत, काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोभिड १९ को सक्रमण दर बढीरहेका बेला नेपाल सरकारले पनि पुनः लकडाउन र सीमा नाका बन्द गर्दै छ भनि बाहिर आएका सूचनाहरुमा सत्यतता नभएको भन्दै र सरकार तत्कालन सीमानाका बन्द गर्ने वा लकडाउन गर्ने सोचमा नरहेको स्पष्ट पारेको छ ।
विभिन्न जिल्लाहरुमा स्थानीय प्रशासनले कोभिडको जोखिम बढन नदिन जनस्वास्थ्य मापदण्डको कडाइ र क्वारेन्टाइन स्थल तयारी अवस्थामा राख्न निर्देश दिएपछि जनमानसमा पुनः लकडाउन हुने त्रास सृजना भएको बेला सरकारका अर्थमन्त्री विष्णु पौंडेलले सरकार पुन: लकडाउन गर्ने सीमा नाका बन्द सोचमा नरहेको जानकारी दिएका हुन ।
सरकारले पुन लकडाउन गर्न लागेको हो भन्ने संचारकर्मीको प्रश्नमा मन्त्री पौंडेले भने, हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सुचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं। अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन। त्यो अहिले उपयुक्त पनि हुँदैन।’
यस्तै आगामी बजेटको तयारीका सम्वन्धमा मन्त्री पौडेले आउदो आर्थिक बर्षको बजेट तयारीमा सरकार जुटि सकेको बताउदै कोभिडपछिको आर्थिक पुनरउत्थान, रोजगारी सिर्जना जस्ता विषयमा बजेट बढ्ता केन्द्रित हुने बताए ।
नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशील बनाउनका लागि गर्नुपर्ने निर्णहरू लिने गरी बजेट निर्माण भइरहेको मन्त्री पौडेलको भनाइ थियो ।
प्रतिक्रिया