डढेलो निभाउन गएका वृद्धको जलेर मृत्यु
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार २३:५:४५
१२ चैत,गोरखा । आरुघाट गाउँपालिका–७ स्थित सातदोबाटो सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ । सामुदायिक वनको सल्लाघारी जङ्गलमा लागेको आगो निभाउने क्रममा गए राति स्थानीयवासी ७२ वर्षका मोहन फेवाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
दिउँसोदेखि नै सल्किएको डढेलोले जङ्गल छेउमा रहेको विद्युत्को फ्युज बक्समा आगलागी भएर आगो लागेपछि अन्य राति स्थानीयवासीसँगै आगो निभाउन गएका मगरको जलेर मृत्यु भएको दाहालले बताए । अन्दाजी १३÷१४ वर्षका अन्य चार÷पाँच जना स्थानीय बालबालिकासँगै मृतक मगर राति डढेलो निभाउन गएका थिए ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक सन्तबहादुर लामाको नेतृत्वमा गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार पारेर शव पोष्टमार्टमका लागि आरुघाट प्राथामिक स्वास्थ्य केन्द्र पठाइएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार