अप्रिल पहिलो साता भारतबाट १० लाख डोज खोप आइपुग्ने
नेपालबहस संवाददाता
चैत १२, २०७७ शुक्रबार २:१८:०
१२ चैत, काठमाडौं । नेपालले भारतसँग किनेको १० लाख डोज कोरोना खोप अप्रिल पहिलो साता आउने भएको छ । नेपालले भारतको सेरम इन्ष्टिच्युटलाई पैसा तिरिसकेको १० लाख डोज खोप ल्याउन बाँकी छ । उक्त खोप अप्रिल महिनाको पहिलो सातासम्म आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
भारत सरकारले कोरोना खोप विदेश निर्यात गरिसके पनि नेपालले खरिद गरेको थप १० लाख डोज खोपलाई भने असर नपर्ने भएको छ । गत ५ फागुनमा नेपालले भारतको सेरम इन्ष्टिच्युटसँग प्रतिडोज ४ डलरको दरमा अग्रिम भुक्तानी गरी २० लाख डोज खोप खरिद सम्झौता गरेको थियो । त्यसमध्ये १० लाख डोज केही दिनमै नेपाल आइपुग्यो भने बाँकी १० डोज चैत ४ गतेसम्म पठाउने सहमति थियो । तर सहमतिअनुसार चैत ४ मा खोप नआएपछि नेपालले खोप अभियान नै स्थगित गरेको छ ।
भारतमा पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएकाले खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । तर, नेपालले अगाडि नै रकम भुक्तानी गरिसकेकाले १० लाख डोज खोप आउने मन्त्रालयका अधिकारीहरु बताउँछन् । चीन सरकारले दिएको सिनोफार्म कम्पनीको ८ लाख डोज खोप यही सोमबार नेपाल आइपुग्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार