बुधबार , बैसाख ८, २०७८

भारतीय किसान आन्दोलनको १२० दिन पूरा : आज बन्दविरुद्ध प्रदर्शन !

भारतीय किसान आन्दोलनको १२० दिन पूरा : आज बन्दविरुद्ध प्रदर्शन !

१३ चैत, एजेन्सी । नयाँ कृषि कानुनविरूद्ध आन्दोलनरत भारतीय किसान युनियनलगायतका संगठनहरूले शुक्रबार भारत बन्दको आह्वान गरेका छन्। होली र सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै शान्तिमय बन्द गर्न लागिएको हो।

भारत बन्द आह्वानमार्फत किसानहरू कृषि कानुनहरू फिर्ता लिन र एमएसपी कानुनको कार्यान्वयन गर्न दबाब दिइनेछ। यता किसान आन्दोलनमै सहभागी अन्य किसान संगठनहठनहरूले भने बन्दविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेका छन्।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

संयुक्त किसान मोर्चाका अनुसार किसान आन्दोलनको १२० दिन पूरा भएको अवसरमा भारत बन्दको आह्वान गरिएको हो। संगठनले मार्च २६ मा बिहान ६ देखि साँझ ६ बजेसम्म भारत बन्द घोषणा गरेका छन्।

अहिलेपनि हजारौं किसानहरूले दिल्लीको सिमानामा नयाँ कृषि कानुनविरूद्ध प्रदर्शन गरिरहेका छन्। कांग्रेस, वामपन्थी लगायत विपक्षी दलहरूले बन्दको समर्थन गरेका छन्। किसान संगठनहरूले मार्च २८ मा होलीका दहनमा नयाँ कानुनको प्रतिलिपी जलाउने घोषणा गरेका छन्।

संयुक्त किसान मोर्चाका अनुसार भारत मार्च २६ मा पूर्ण रुपमा बन्द रहनेछ। पछिल्लो समय उत्तर प्रदेश र उत्तराखण्डमा बन्द आह्वान गरिएको छैन। यसपटक भारत बन्दको प्रभाव दिल्ली भित्र पनि देखिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय