
१३ चैत, एजेन्सी । जर्मनीले विश्वकपअन्तर्गत युरोप छनोट फुटबलमा विजयी सुरुवात गरेको छ। बिहीबार राति भएको खेलमा जर्मनीले आइसल्यान्डलाई पराजित गरेको हो। घरेलु टिम जर्मनीले आइसल्यान्डलाई ३–० गोलले पराजित गरेको हो।
जर्मनीको जितमा लेओन गोरेट्जका, काइ हाभर्टज र इल्के गुण्डोगानले गोल गरे। पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो।
खेलको दोस्रो मिनेटमा नै गोरेट्जकाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। सातौं मिनेटमा काइ हाभर्टजले गोल गरेपछि खेलको सुरुवातमै जर्मनीले २–० गोलको अग्रता बनाएको थियो। खेलको ५६ औं मिनेटमा गुण्डोगानले गोल गरेपछि जर्मनीले आइसल्यान्डलाई ३–० गोलले पराजित गरेको हो।
प्रतिक्रिया