नेपाल पत्रकार महासंघकाे निर्वाचन कार्यक्रम पुनः हेरफेर
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार १३:३:९
१३ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचन कार्यक्रम पुनः हेरफेर गरेको छ । महासंघले बिहिवार साँझ एक सूचना प्रकाशित गर्दै निर्वाचन कार्यक्रम हेरफेर गरिएको जनाएको हो । सूचनामा नेपाल पत्रकार महासंघको मिति २०७७ चैत २५ गते सम्पन्न हुने निर्वाचनको लािग यसअघि प्रकाशित निर्वाचन कार्यक्रम परिवर्तन गरी अन्तिम मतदाता नामावली प्रकाशन चैत्र १३ गते साँझ ५ बजेसम्म तोकेको छ ।
त्यसैगरी उम्मेद्वारको मनोनयन १४ गते बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म, उम्मेद्वारको नामावली प्रकाशन सोही दिन साँझ ६ बजे र उम्मेद्वार उपर दाबी बिरोध चैत १७ गते दिउँसो १ बजेसम्म गर्न सकिने जनाईएको छ ।
महासंघले हेरफेर गरेको निर्वाचन कार्यक्रममा उम्मेद्वारले नाम फिर्ता चैत १७ गते दिउँसो ३ बजेसम्म गर्न सकिने जनाएको छ । त्यस्तै महासंघद्वारा जारी सूचनाका अनुसार अन्तिम नामावली प्रकाशन चैत १७ गते साँझ ६ बजे हुनेछ ।
महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान देशैभर २५ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने र सोही दिन मतदान सकिए लगत्तै मतगणना शुरु हुने सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
कस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार