शुक्रबार , बैसाख ३, २०७८

अब रहेनन बेनीको बजार,जता मायाँ उतै छ नजरका सर्जक 

अब रहेनन बेनीको बजार,जता मायाँ उतै छ नजरका सर्जक 

१३ चैत, गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो ।

‘बेनीको बजार,जता मायाँ उतै छ नजर !!!’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको थियो । श्रेष्ठकी श्रीमती मन छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ । यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको शहर भनेरसमेत चिनिन्छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

लामो समयसम्म मिर्गौलासम्बन्धी समस्याले ग्रसित गायक श्रेष्ठले निरन्तररूपमा डायलासिस गरिरहेका थिए । उनको निधनले लोक सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको यस क्षेत्रमा लागेकाहरुले बताएका छन् । मिर्गौलासम्बन्धी समस्या झेलिँरहदासमेत श्रेष्ठ साङ्गीतिक क्षेत्रसँग नजिक थिए। तबला, हार्मोनियम लगायतका थुप्रै बाजा बजाउन जानेका श्रेष्ठ पछिल्लो एक दशकयता भने गुमनाम थिए ।

विसं २०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौंको राष्ट्रिय नाचघरमा पहिलो पटक श्रेष्ठले ‘बेनीको बजार,जता मायाँ उतै छ नजर !!!! बोलको गीत गाएका थिए । सो कार्यक्रममा नेपालका १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको बेनीको बजार बोलको गीत नै प्रथम भएको म्याग्दीका अग्रज कलाकार अबिरकुमार श्रेष्ठले बताए । त्यसपछि सोही गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भारततर्फ लैजाँदै गरेको अवस्थामा ४८ कार्टुन मदिरा बरामद भारततर्फ लैजाँदै गरेको अवस्थामा ४८ कार्टुन मदिरा बरामद ३ हप्ता पहिले
मेलम्ची पानीको प्रारम्भिक प्रशोधनका लागि ‘हेडबक्स’को निर्माण गरिँदै मेलम्ची पानीको प्रारम्भिक प्रशोधनका लागि ‘हेडबक्स’को निर्माण गरिँदै ४ हप्ता पहिले
होली खेल्ने क्रममा पानी सम्झेर एसिड छ्याप्दा तीनजना घाइते ! होली खेल्ने क्रममा पानी सम्झेर एसिड छ्याप्दा तीनजना घाइते ! ३ हप्ता पहिले
७५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान सम्पन्न ७५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान सम्पन्न ३ हप्ता पहिले
पर्यटकको रोजाइमा पर्दै बन्दीपुरको ‘मिनी ग्रेटवाल’ पर्यटकको रोजाइमा पर्दै बन्दीपुरको ‘मिनी ग्रेटवाल’ ४ दिन पहिले
नेप्सेलाई किसान लघुवित्तले दियो जवाफ, भन्यो, ‘राष्ट्र बैंकको निर्देशनमा हकप्रदको प्रस्ताव हटाएका हौं’ नेप्सेलाई किसान लघुवित्तले दियो जवाफ, भन्यो, ‘राष्ट्र बैंकको निर्देशनमा हकप्रदको प्रस्ताव हटाएका हौं’ ३ हप्ता पहिले
ढोरपाटन आरक्षमा आगलागी हुँदा ३० हेक्टर वन नष्ट ढोरपाटन आरक्षमा आगलागी हुँदा ३० हेक्टर वन नष्ट ४ हप्ता पहिले
सरकारले नै सिंहदरबार र सडक कब्जा गरेपछि अब सर्वसाधारण कहाँ जाने ? सरकारले नै सिंहदरबार र सडक कब्जा गरेपछि अब सर्वसाधारण कहाँ जाने ? ३ हप्ता पहिले