यसरी हेर्नुहोस ज्योति लाईफको आईपीओको रिजल्ट ?
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार १७:३४:५७
१३ चैत, काठमाडौं । आज शुक्रबार ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ निष्कासन हुने भएको छ । कम्पनीले १२ः ३० बजे आईपीओ बाँडफाँड गर्ने जनाएको छ ।
उक्त आईपीओका रिजल्ट सिडिएससीले मेरो शेयर बाहेक आईपीओ रिजल्ट डट सिडिएससी डट कम डट एनपि https://iporesult.cdsc.com.np/ बाट हेर्ने व्यवस्था मिलाएको छ ।
लगानीकर्ताले माथि दिइएको लिंकमा गएर पनि आईपीओ रिजल्ट हेर्न सक्नेछन् ।
ज्योति लाईफको आईपीओ आज १२:३० बजे बाँडफाँट हुने, ५ लाख ९४ हजार आवेदकले शेयर पाउने
ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ आज (शुक्रवार) साढे १२ बजे बाँडफाँट हुँदैछ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा आईपीओ बाँडफाँट हुने भएको हो ।
यो कम्पनीको आईपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्नेछन् । कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो ।
कुल कित्तामध्य ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।
कम्पनीको आईपीओमा अन्तिम दिन साझ ५ बजेसम्म १८ लाख ३२ हजार ९५८ जनाको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । यी आवेदकहरुबाट ३ करोड ८९ लाख ९६ हजार ५५० कित्ता शेयर माग भएको हो ।
मागभन्दा ६ दशमलव ५६ गुणा आवेदन परेको यस कम्पनीको आईपीओ १२ लाखभन्दा बढी लगानीकर्ताहरुले नपाउने भएका छन् ।
जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्ब कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको हो । हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी १ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी २ अर्ब २० करोड पुग्नेछ । कम्पनीको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष ०७६/७७ सम्म प्रतिशेयर नेटवर्थ १३२ दशमलव ९४ र प्रतिशेयर आम्दानी १२ दशमलव ६५ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार