नेपाल, प्रचण्ड र खनालबीच गोप्य वार्ता
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार १८:१०:७
१३ चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गोप्य भेटवार्ता गरेका छन्। शुक्रबार बिहान कोटेश्वर स्थित महादेवस्थानमा रहेको एक व्यवसायीको घरमा खनाल–नेपाल र प्रचण्डबीच गोप्य वार्ता भएको हो । उनीहरुबीच आज बिहान साढे ८ बजेदेखि पौने १० बजेसम्म भेटवार्ता भएको बताइएको छ ।
एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी विधान विपरीत निर्णयहरु गरेर आफहरुलाई गलहत्याउने कोशिश गरेको निष्कर्ष निकालेका नेपाल र खनालले प्रचण्डलाई भेटेका हुन्।
ओलीले भने नेकपा एमालेमा आइसकेपछि पनि उनीहरुले प्रचण्डसँगको भेटलाई निरन्तरता दिनु शंकास्पद रहेको बताउँदै आएका छन्। नेता नेपालसहित चार जना नेताले ओलीले आफूहरुलाई सोधेको स्पष्टीकरण विधान विपरीत भएको निष्कर्ष निकाल्दै त्यसको जबाफ नदिई बरु उल्टै दर्जनौ प्रश्नसहित ओलीलाई स्पष्टीकरण सोधेका छन्।
फागुन २३ गते सर्वोच्च अदालतले विवादै विवादका कारण फुटको संघारमा पुगेको नेकपा भंग गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएको थियो। सर्वोच्च अदालतको फैसलासँगै नेपाल र खनालले प्रचण्डलाई त्यागेर ओलीविरुद्ध पार्टीभित्रै संघर्ष गर्ने भन्दै एमालेमै फर्किएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार