देउवाको ओली मोह: पत्रकार महासंघ र सत्ता राजनीति सम्बन्ध
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार १९:४१:६
१३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देशको राजनीतिले कुन दिशा लिएको छ भन्ने अनुमान गर्न धेरैलाई गाह्रो परेको छ । फागुन ११ गते सर्वाेच्च अदालतले विघटन बदर गरेयता थोरै प्रष्ट भएको मुलुकी राजनीति फेरि फागुन २३ गतेको अर्काे विवादास्पद फैसलाले अन्योलग्रस्त बनाइदिएको छ ।
प्रधानमन्त्री ओलीको कार्यशैली र प्रवृत्तिले थिलथिलो भएको राजनीतिक परिदृश्यले निकास पाउने अवस्था्मा फागुन २३ गतेको फैसला तगारो बन्न पुग्यो । उक्त फैसलाले निकास दिने अन्तिम अवस्थाबाट मुलुक फेरि पुरानै अवस्थामा फर्किको छ । नेकपा नामको विवाद सल्टाउने नाममा सर्वाेच्च अदालतले राजनीतिक अस्थिरता बढाएको छ । अब ओलीको राजनीतिक भविष्य सुरक्षित मात्र होइन, थप आतंककारी बन्न पुगेको छ ।
सत्ता जोगाउन ओलीले जस्तोसुकै सम्झौता गर्ने संकेत गरेका छन् । साथै, ब्यूँतिएको प्रतिनिधिसभालाई बेकामे बनाउने उनको मनसाय प्रष्ट भइसकेको छ । आफैंले हत्या गरेको प्रतिनिधिसभालाई सकृय बनाउने ओलीको कुनै मनसुवा देखिंदैन । त्यसका लागि उनी फेरिपनि विघटनको तानाबुना बुन्दैछन् । यो महान जिम्मेवारी पूरा गर्ने सजिलो हतियार बन्दैछ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ।
पुष ५ को कदमलाई पार्टी केन्द्रीय कार्यसमितिले गैरसंवैधानिक र प्रजातन्त्र विरोधी भन्यो । तर ओलीको कदमविरुद्ध आन्दोलन गर्न भने सभापति शेरबहादुर देउवाले खुट्टा कमाए । प्रचण्ड–माधव पक्षले ओली विरुद्ध प्रदेशहरुमा अविश्वास प्रस्ताव दर्ता गराए, तर कांग्रेसकै अलमल र अन्योलले परिस्थिति नै फेरियो ।
फागुन २३ गतेको फैसला आउनु अघि नै कांग्रेसले प्रष्ट धारणा बनाइदिएको भए अहिले प्रदेश नं १ र बाग्मती प्रदेशको सरकार बदली सक्थे । सभापति देउवाको झुकाव ओली सरकार टिकाउनेमै बढी केन्द्रित रहेको धेरैले आक्षेप लगाएको विस्तारै पुष्टि भएको पाइन्छ । सभापति देउवाले प्रष्ट धारणा नबनाएकाले अहिले कांग्रेसको हातमा आइसकेको बाग्डोर फेरि ओलीतिरै फर्किएको छ ।
देउवाको यस्तो प्रवृत्ति विरुद्ध उनी निकट नेताहरु नै आजित भएका छन् । तर कसैले खुलेर विरोध गरिसकेका भने छैनन् । उपसभापति विमलेन्द्र निधि भने देउवाको पछिल्ला गतिविधिलाई नजिकबाट नियाली रहेका छन् । उनले निकटहरुसँग भन्न थालेका छन्–सभापति नै ओली जोगाउन कस्सिएपछि कसको के लाग्छ र ?
सभापति देउवाको ओली मोह पछिल्लो अवस्थामा अझै छताछुल्ल भएको छ । त्यो पनि राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारको महाधिवेशनका सन्दर्भमा । दुनियाँले ओलीको काम र प्रवृत्तिको उछित्तो काढेका छन् । सत्तामा पुगेपछि ओलीमा अहंकार र सत्ता उन्माद चुलिएको धेरैको ठम्याई छ ।
ओलीले मिडिया काउन्सिल लगायत धेरै स्वतन्त्र प्रेस विरोधी कानून ल्याउने प्रयत्न गर्दा सिंगो प्रेस जगत् आन्दोलित भयो । नेपाली कांग्रेसले समेत त्यसको खुलेर विरोध गरेको हो । तर अहिले महासंघको आसन्न महाधिवेशनको मुखैमा भने देउवा – ओली चोचोमोचो फेरि चर्चाको विषय बनेको छ । लोकतन्त्र र स्वतन्त्र पत्रकारिता विरोधी छवि बनाएका ओलीसँग मिलेर महासंघ निर्वाचनमा साँठगाँठ गर्ने सोच कसरी तयार भयो ? त्यो नै विचित्रको अवस्था हो ।
लोकतन्त्र र संघीयता नै धरापमा पार्ने प्रवृत्तिलाई बढावा दिने गरी ओली देउवाको साँठगाँठलाई कांग्रेस निकट पत्रकारहरुले नै विरोध गरेका छन् । महासंघको निर्वाचन तालिका प्रभावित हुने गरी ओली पक्षको प्रेस चौतारीसँग मिल्न देउवाले दबाब दिन थालेको भन्दै युनियन निकट पत्रकारहरुले विरोध जनाएका छन् । साथै, प्रतिगमनका मतियारका रुपमा रहेको ओली प्रवृत्तिको साथ र समर्थनमा कुनै साँठगाँठ नगर्ने धारणा सार्वजनिक गरिरकेका छन् ।
अहिलेको अवस्थामा ओलीको प्रतिगमन विरुद्ध सडक आन्दोलनका साथीहरुसँगै मिलेर अगाडि बढ्दा लोकतन्त्र र जनमतको कदर हुने उनीहरुको भनाई देखिएको छ । युनियन आवद्ध धेरै नेताहरुको यस्तो धारणा आएकाले देउवा अलि हच्केका छन् । तर उनको प्रयास भने अझै ओली निकट चौतारीसँगै लगनगाँढो कस्यिोस् भन्ने देखिन्छ ।
प्रेस चौतारी पक्षले युनियनसँग मिलेर माओवादी र माधव पक्षलाई सोत्तर बनाउने चाहेको छ । तर त्यसका लागि युनियनसम्बद्ध अधिकांश नेताहरु अवरोधका रुपमा खडा भएका छन् । त्यसैले चौतारी पक्ष अहिले निर्वाचन प्रकृया नै भाँड्न उद्यत् देखिएको छ । तर ओलीसँगको देउवा मोह कसरी टुटाउने भन्ने प्रश्न चाहिं गम्भिर छ ।
यसपाला देउवाको मनोकाँक्षा पूरा भएन भने अरु मुद्धामा समेत ओलीसँगको सामिप्यता टुट्न सक्ने देखिन्छ । पत्रकार महासंघको निर्वाचन प्रकरणमा ओलीसँग लगनगाँठो कस्सिएन भने त्यसको प्रभाव सत्ता राजनीतिसँग समेत जोडिन सक्ने अनुमान गरिंदैछ । त्यसको छिनोफानो अबको केही घण्टामै हुने अवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार