शुक्रबार , बैसाख १०, २०७८

महालक्ष्मी विकास बैंकको सभाले पारित गर्यो ९.२६ प्रतिशत लाभांश प्रस्ताव

महालक्ष्मी विकास बैंकको सभाले पारित गर्यो ९.२६ प्रतिशत लाभांश प्रस्ताव

१३ चैत, काठमाडौं । महालक्ष्मी विकास बैंकको १९ औं साधारण सभाले ९ दशमलब २६ प्रतिशत लाभांश पारित गरेको छ । शुक्रबार सम्पन्न बैंकको १९ औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

बैंकको १९ औँ वार्षिक साधारणसभा भिडियो कन्फरेन्स (Virtual Zoom Meeting) मार्फत सफलतापूर्वक सम्पन्न गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८.८० का दरले बोनस सेयर तथा ०.४६ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

साथै साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पँुजिगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय