संसदीय दलको बैठकमा भीम रावल नजाने
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार २१:४४:४०
१३ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गर्दै स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको माग गर्ने भएको छ ।
खनाल–नेपाल समूहको शुक्रबार कलंकीमा भएको केन्द्रीय सदस्यहरुको बैठकले २०७५ जेठ २ गतेको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्ने लिखित माग गर्ने निर्णय गरेको हो । त्यसका अलवा संसदीय दलको बैठकमा जाने र नोट अफ डिसेण्ट लेख्ने भएको छ ।
सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि नेपाल–खनाल पक्षले एकता अगाडिकै कमिटीको बैठक बोलाउन माग गर्ने भएको हो । ‘हामीले २०७५ जेठ २ गतेको कमिटीहरुको बैठक बोलाउनका लागि लिखित रुपमा माग गर्ने निर्णय गरेका छौँ’, केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने । कमिटीको बैठक राख्नका लागि २५ प्रतिशत सदस्यले लिखित आग्रह गर्नुपर्ने हुन्छ ।
केन्द्रीय सदस्य खतिवडाले पार्टी एकतालाई जोगाउनका लागि संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको बताए । केन्द्रीय समिति बैठकपछि नेपाल–खनाल पक्षधर सांसदहरुको छुट्टै बैठक बसेको थियो । तर भीम रावल भने संसदीय दलको बैठकमा नजाने भएका छन् । उनले संसद भवन वा सिंहदरवारमा बैठक राखेमात्रै जाने बताउदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
राष्ट्रिय सभामा शाक्य र महालेखा परीक्षकमा राया नियुक्त
बैशाख ६, २०८१ बिहिबार
सभापति देउवा र अध्यक्ष नेपाल भेटघाटमा वैकल्पिक गठबन्धनको चर्चा
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
रास्वपाका नेता जोडिएको हाम्रो नयाँ कृषि सहकारीका आरोपीहरुविरुद्ध पनि मुद्दा नचल्ने
बैशाख ५, २०८१ बुधबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
बौद्ध तेमाल जात्राको तयारी पूरा
बैशाख ६, २०८१ बिहिबार
कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई
बैशाख ६, २०८१ बिहिबार
गरिब देशमा नेस्लेले चिनीको मात्रा बढी भएका सेरेलक र मिल्क पाउडर बेचिरहेको दाबी
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
हिंसा भड्कन सक्ने भन्दै मोरङ प्रशासनले लगायो सामुहिक रुपमा हुने गतिविधिमा रोक
बैशाख ६, २०८१ बिहिबार