आकाशकाे तुवाँलोले आन्तरिक र वाह्य उडान प्रभावित
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार २२:७:२
१३ चैत, काठमाडौं । काठमाडौंमा वायु प्रदुषणका कारण शुक्रबार केही समयका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ । भारतको आकाशबाट आएको तुवाँलोका कारण आन्तरिक र वाह्य सेवा उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको हाे ।
विमानस्थलका अनुसार भिजिबिलिटी सुधार नभएसम्म विमानस्थल सूचारु हुनेछैन । ‘भिजिबिलिटी डाउन’ भएसँगै काठमाडौं अवतरण गर्नुपर्ने विमानहरु अन्यत्र मोडिएको बताइएको छ ।
शुक्रबार बिहानैदेखी काठमाडौंको आकाशमा तुवाँलो फैलिएको छ । बिहानैबाट सिमरा, विराटनगर, पोखरा लगायत विभिन्न गन्तव्यमा भइरहेको नियमित उडान अवतरण समेत प्रभावित भएको बताइएको छ ।
विमानस्थलका अनुसार सबैभन्दा धेरै भरतपुर जाने उडानहरु डिले भएका छन् । तराईसहित विभिन्न स्थानका जंगलमा लागेको आगो र धुवाँ हावामा मिसिँदा वायुप्रदूषण बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार