ओलीले नेपाल र रावललाई कारबाही गर्ने
नेपालबहस संवाददाता
चैत १३, २०७७ शनिबार ०:८:५४
१३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माधवकुमार नेपाल र भीम रावललाई कारबाही गर्ने भएका छन् ।शुक्रबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले नेपाल र रावलले सोधेको स्पष्टीकरण प्राप्त भएको भन्दै उनीहरुको जवाफ चित्तबुझ्दो नभएको बताएका हुन्।
प्रधानमन्त्री ओलीले फागुन २८ मा भएको निर्णय फिर्ता नहुने पनि बताएका छन्। शुक्रबारको संसदीय दलको बैठकमा माधव नेपाल र भीम रावल बाहेक झलनाथ खनाल तथा नेपाल पक्षका अधिकांश सांसद उपस्थित थिए। नेता खनालले बैठकमा एकलौटी भएका निर्णय र्फिता लिनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले एमालेमा गुट वा समूह नरहेको भन्दै अब गुटरसमूहका रुपमा छलफल नगर्ने बताएका थिए । बैठकले अब संसदीय दलको नियमित बैठक नियमित राख्ने, सांसदहरुको क्षमता अभिवृद्धि गराउने, संसद्मा उपस्थिति प्रभावकारी बनाउने निर्णय पनि गरिएको छ ।
त्यस्तै बैठकमा पार्टी सचिवलाय सदस्य एवं अर्थमन्त्री विष्णु पौडेलले सरकार बजेट निर्माणको तयारीमा रहेकोले सांसदहरुबाट ‘फिडब्याक’ मागेका दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार