एकदिने निःशुल्क प्रजनन् स्वास्थ्य शिविर सम्पन्न
नेपालबहस संवाददाता
चैत १३, २०७७ शनिबार १:२३:१०
१३ चैत, वालिङ । वालिङ नगरपालिका–२ धनुबाँसे स्वास्थ्य चौकीमा आज एकदिने बृहत निःशुल्क प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वालिङ नगरपालिकाको आयोजनामा गह«ौं प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीको सहयोगमा महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर, स्क्रिनिङ, आङ खस्ने समस्या र यौन रोगसम्बन्धी परीक्षण गरी आवश्यक परामर्श तथा उपचार गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।
शिविरको उद्घाटन गर्दैै नगर प्रमुख दिलीपप्रताप खाँणले रोगलाई लुकाएर नबस्न अनुरोध गर्दै समयमै परीक्षण गराई स्वास्थ्य लाभ लिन सुझाव दिए । उनले लाजका कारण रोगलाई लुकाउँदा त्यसले भोलिका दिनमा झन जटिल समस्या सिर्जना गर्न सक्ने भएकाले समयमै स्वास्थ्यकर्मीहरुसँग आवश्यक सरसल्लाह लिई उपचार गर्न जोड दिए ।
रोग लागिसकेपछि पछुताउनुभन्दा पनि रोग लाग्नै नदिनु वेश हुने भएकाले आफ्नो स्वास्थ्यप्रति सबै सचेत हुन पनि उनले आग्रह गरे ।
कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले नगरपालिकाले नगरका प्रत्येक १४ वटै वडामा यस खालका शिविरहरु सञ्चालन गर्ने जानकारी दिइन् । वालिङका नागरिकहरुको स्वास्थ्यमा पहुँच पु¥याउनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै स्वास्थ्यसम्बन्धी आँफू पनि सचेत रहन र अरुलाई पनि सचेत बनाउन सबैले सहयोग गर्नु आवश्यक रहेको धारणा ब्यक्त गरिन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, कार्यपालिका सदस्य यूगमाया पंगेनीले गाउँ गाउँमा आएको स्वास्थ्य शिविरबाट आफ्नो स्वास्थ्य अवस्थाकाबारेमा परीक्षण गराई समयमै सुरक्षित रहन आग्रह गरे ।
वडा नं. २ का वडा अध्यक्ष पोतप्रसाद लम्सालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन वडा सचिव चेतनप्रसाद अर्यालले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार