त्रिदेशीय क्रिकेट सिरिज वैशाख पहिलो सातादेखि
नेपालबहस संवाददाता
चैत १३, २०७७ शनिबार १:३०:५५
१३ चैत, काठमाडौं । नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी वैशाखको पहिलो सातादेखि हुने भएको छ । वैशाख ४ देखि ११ गतेसम्म उक्त प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट संघ ‘क्यान’ले जनाएको छ ।
राउण्ड रोबिन लिगका आधारमा खेलाइने उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा अन्तर्राष्ट्रिय सिरिज आयोजनाका लागि मलेसिया र नेदरल्याण्ड सहमत भएकामा खुशी व्यक्त गरे।
कोरोना महामारीका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीले कुनै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न पाएको छैन । यसबीचममा केही घरेलु प्रतियोगिता भने क्यानले सञ्चालन गर्न सफल भएको थियो ।
कोरोना भाइरसको संक्रमणका कारण प्रतियोगितामा सहभागी हुने टोलीका सबै खेलाडी, प्रशिक्षक तथा पदाधिकारीको अनिवार्य पीसीआर परीक्षण गरिने अध्यक्ष चन्दले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव : 'पपुष्लिट' नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार