कोरोना संक्रमण बढेपछि स्वास्थ्यकर्मीको बिदा बन्द
नेपालबहस संवाददाता
चैत १४, २०७७ शनिबार १६:२५:५८
१४ चैत, डोटी । भारतमा कोरोना संक्रमण बढेपछि अहिले त्यहाँ कामका लागि गएका जिल्लावासी दिनहुँ गाउँ फर्किन थालेका छन् । भारतबाट रोजगारी घर फर्किँदै गरेका नागरिकबाट कोरोना संक्रमण नआओस् भन्दै जिल्लाका नौवटै स्थानीय तह सजग भएर लागेका छन् ।
भारतबाट घर आएका नागरिकलाई राख्नका लागि यहाँका सबै स्थानीय तहमा क्वारेन्टाइन निर्माण भइरहेका छन् भने स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयमा अनिर्वाय रहन निर्देशन समेत दिइएको छ । अत्यावश्यकबाहेक अन्य कामका लागि यहाँका स्वास्थ्यकर्मीको बिदासमेत बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए ।
जिल्लामा कोरोना महामारीको फैलिन नदिन तथा रोकथामका लागि जिल्लाको जोरायल गाउँपालिकाले अत्तरिया–स्याउले जोड्ने सुदूरपश्चिमका पहाडी जिल्लाको एक मात्र भीमदत्त राजमार्गको बुडरमा यात्रुको दिनहुँ स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क स्थापना गरेको छ । चौबीसैँ घण्टा स्वास्थ्यकर्मी रहने गरी उक्त हेल्थ डेस्कको स्थापना गरिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
जोरायल–२ छतिवनको बुडरमा उक्त हेल्थ डेस्कको सुदूरपश्चिम प्रदेश सरकारको सहयोग तथा गाउँपालिकाको समन्वयमा स्थापना गरिएको हो । प्रदेशका नौ जिल्लामध्ये सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा स्थापना गरिएको हेल्थ डेस्कले प्रभावकारी स्वास्थ सेवा दिने अपेक्षा गरिएको जोरायलका स्वास्थ्य संयोजक गोविन्द विष्टले जानकारी दिए ।
यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी शुरु गरिएको उक्त हेल्थ डेस्क नागरिकको स्वास्थ्य र सुरक्षाका हिसाबले निकै प्रभावकारी हुने उनको भनाइ छ । यसैगरी विगतमा यहाँका सरकारी स्कूलमा स्थापना गरिएका क्वारेन्टाइन भवन स्वास्थ्य सामग्रीसहित अहिले पुनः तयारी अवस्थामा राखिएका छन् । भारतबाट रोजगारी गरेर घर आउने नागरिकलाई अनिवार्यरूपमा १४ दिन क्वारेन्टिनमा बस्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षतामा यही चैत १२ गते बसेको कोभिड–१९ संक्रमण रोकथाम एवं सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ‘डिसिसिएमसी’को बैठकले भारतबाट रोजगारी गरी घर फर्किएका तर क्वारेन्टिनमा नबस्ने नागरिकलाई कारवाही गरिने निर्णयसमेत गरेको छ ।
होलीलगायत सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण चाड विशुपर्व मनाउन र कोभिडको बढ्दो सङ्क्रमणका कारण भारतबाट मानिस नेपाल फर्कने क्रम बढेकाले उच्च सतर्कता अपनाउनुपर्ने र सम्भावित जोखिम न्यूनीकरणका लागि सबैले सजग एवं संवेदनशील भई तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइसाथ पालना गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।
सुदूरपश्चिम प्रदेशका सीमानाका कञ्चनपुरका गड्डाचौकी, त्रिनगर, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रबाट भारतदेखि घर फर्किनेको सीमानाकामा भीडभाड बढ्न थालेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार विगत १० दिनको अवधिमा सुदूरपश्चिममा कम्तीमा आठ हजारभन्दा बढी नेपाली नेपाल भित्रिएका छन् ।
भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरले भारतसँग सीमा जोडिएका बैतडी, दार्चुला, कैलाली तथा कञ्चनपुरसहितका चार जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
बजारमा सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
तस्वीरमा गोरखा भूकम्पपछिका केही झलक
बैशाख १२, २०८१ बुधबार
प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार