रेडपाण्डा र चितुवाको छालासहित आठ जना पक्राउ
नेपालबहस संवाददाता
चैत १४, २०७७ शनिबार २२:५८:४१
१४ चैत, सुर्खेत । दैलेख प्रहरीले रेडपाण्डा र चितुवाको छालासहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई नारायण नगरपालिका–३, खुर्सानीबारीबाट शनिबार पक्राउ गरिएको हाे । टोलीले शनिबार नौमुलेबाट दैलेख बजारतर्फ वन्यजन्तु ओसारपसार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा नौमुले गाउँपालिका–३ का ५१ वर्षीय धनबहादुर मगर र २२ वर्षीय दलबहादुर खत्री, सोही गाउँपालिका वडा नम्बर १ का ३३ वर्षीय कविराम अधिकारी, वडा नम्बर २ का ३३ वर्षीय धनबहादुर पुरी, ४५ वर्षीय हस्तबहादुर थापा र ५६ वर्षीय धनबहादुर रावत, वडा नम्बर ४ का १९ वर्षीय रोशन बस्नेत र भगवतीमाई गाउँपालिका–१ का २७ वर्षीय गोविन्द थापा रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुलाई कर्णाली प्रदेश ०२– ००१ ज ००३६ नम्बरको डबल क्याप बोलेरो जीपमा नौमुले–२ बाट दैलेख बजारतर्फ आइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । उनीहरूको साथबाट ३ फिट ३ इन्च लम्बाइ र ११ इन्च चौडाइ भएको रातो कालो रङको रेडपाण्डाको छाला, ५ फिट ९ इन्च लम्बाइ र १ फिट ५ इन्च चौडाइ भएको चितुवाको छाला बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, रेडपाण्डाको जस्तो देखिने ३ फिट लम्बाइ र १ फिट ६ इन्च गोलाइ भएको छाला र ३ फिट १ इन्च गोलाइ भएको रेडपाण्डाको जस्तो देखिने सिलाएको छाला पनि बरामद गरिएको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार