केन्याका राष्ट्रपति दम्पत्तिले लगाए कोरोनाको खोप
नेपालबहस संवाददाता
चैत १४, २०७७ आइतबार ०:५८:२९
१४ चैत, एजेन्सी । केन्याका राष्ट्रपति उहुरु केन्याटा र उनकी श्रीमती मर्गारेट केन्याटाले शुक्रबार कोरोना भाइरस विरुद्धको खोप लगाएका छन । महामारी फैलाउने भाइरसबाट जोगिन राष्ट्रपति केन्याटाले सवैलाई आह्वान गर्दै खोप लगाएका हुन् । उनले लगाएपछि सरकारी अन्य उच्च अधिकारीहरुले पनि खोप लगाएको समाचारमा जनाइएको छ ।
राष्ट्रपति केन्याटाले देशका सवै नागरिकलाई खोपप्रति विश्वास दिलाउन र आकर्षित गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको पनि बताए ।
पछिल्लो १२ दिनमा हाम्रा अस्पतालहरुमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा ५२ प्रतिशतले बृद्धि भएको छ । यो बृद्धिदर एकदमै धेरै हो, राष्ट्रपति केन्याटाले भने ।
पूर्वी अफ्रिकी मुलुक केन्यामा गत मार्च २ मा अस्ट्राजेनिकाको १० लाख २० हजार खोप ल्याइएको थियो । आगामी जुन महिनासम्म पहिलो चरणको खोप अभियान जारी रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पहिलो चरणमा खोपका लागि उच्च प्राथमिकतामा परेका समुदायलाई खोप लगाइने भएको छ । सरकारले खोप लगाउन प्राथमिकता निर्धारण गरेको छ ।
केन्यामा अहिलेसम्म एक लाख २६ हजार १७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने दुई हजार ९२ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि संक्रमणमुक्त भएकाहरुको सङ्ख्या भने केन्यामा ९२ हजार २६८ रहेको अधिकारीहरुले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
पुरख्यौली नृत्य प्रतियोगिता
बैशाख १३, २०८१ बिहिबार
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार
बैशाख १३, २०८१ बिहिबार
'टिकटक'बारे अमेरिकाले ल्यायो नयाँ कानुन- शेयर बेच्नेकी प्रतिबन्ध झेल्ने !
बैशाख १३, २०८१ बिहिबार
चितवनमा बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
बैशाख १३, २०८१ बिहिबार