पशुपति आर्यघाट कांग्रेस नेता जोशीको अन्त्येष्टि
नेपालबहस संवाददाता
चैत १४, २०७७ आइतबार २:४७:५२
१४ चैत, काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । जोशीको पार्टीमा शरीरमा उनका दाजु राजुराज जोशीले दागबत्ति दिए ।
अन्तिम संस्कारअघि उनलाई अन्तिम श्रद्धान्जली दिन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, बालकृष्ण खाण, गगन थापा, शंकर भण्डारीलगायतका कांग्रेस नेताहरू पुगेका थिए ।
यसअघि जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि मध्यान्ह १२ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।
आजै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले तीन दिन पार्टीको झण्डा आधा झुकाउने र एक दिन पार्टीका केन्द्रदेखि सबै तहका कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
जोशीका एक धर्मपत्नी र एक छोरी छन् । नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री, संविधानसभाका दुई पटकका निर्वाचनमा सदस्य र पूर्वमन्त्री जोशी कांग्रेसका केन्द्रीय सदस्य थिए । उनी काठमाडौंमा कांग्रेसका लोकप्रिय नेताका रूपमा चिनिन्थे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार