नेपाल–ओमान साहित्य र प्रकृतिसम्बन्धी एक वेबनार
नेपालबहस संवाददाता
चैत १५, २०७७ आइतबार १६:३२:२५
१५ चैत, काठमाडौं । ओमानस्थित नेपाली राजदूतावासले शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौंको सेरोफेरोका महत्वपूर्ण र मनमोहक पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिने अभिप्रायले आफ्नो नेपाल भ्रमणको अनुभव समेटेर अरबी भाषामा नियात्रा लेखी नेपाली पर्यटन र साहित्यिक क्षेत्रमा पु¥याएको योगदानस्वरूप ओमानी नागरिक स्व मोहम्मद अल हार्थीलाई मरणोपरान्त सम्मान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा ओमानस्थित नेपाली राजदूत शर्मिला पराजुलीले स्व हार्थीको नेपाल भ्रमण तथा लेखनबारे प्रकाश पारे। उहाँले स्व हार्थीको सम्मानमा उनकी छोरी तथा बालचित्र पुस्तक लेखिका एवं प्रकाशक इब्तिहाज अल हार्थीलाई सम्मानपत्र प्रदान गरिन । साथै उनले स्व हार्थीप्रति समर्पित वेबसाइटको शुभारम्भ गरिन ।
कार्यक्रममा प्रा तुल्सी दिवसले स्व ओमानी लेखकप्रति सम्मान व्यक्त गर्ने अवसर प्राप्त भएकामा खुशी व्यक्त गर्दै कविताका माध्यमबाट मानिसलाई कसरी प्रकृतिसँग आबद्ध गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना विचार व्यक्त गरिन । मध्यपूर्वको मरुभूमि Empty Quarter पार गरेकी ओमानी नागरिक श्री बैदा अल जद्जाली तथा श्री जेनी मेक्गीलले आफ्नो साहसिक यात्राका बारेमा अनुभव बाँड्दै स्व हार्थीको लेखनबाट नेपालको बारेमा जान्ने मौका प्राप्त भएको बताइन ।
कवि नवराज पराजुलीले पुस्तक भाषानुवादसम्बन्धी आफ्ना अनुभव साट्दै मोहम्मद अल हार्थीको योगदानबारे प्रकाश पारिन। कार्यक्रममा प्रथम ओमानी महिला सगरमाथा आरोही नादिरा अल हार्थी, इन्टरनेशनल डिप्लोमेसी एण्ड प्रोटोकल अध्ययन संस्थानका अध्यक्ष श्री इनेस पिरेस, लेखिका लक्ष्मी कोथानेथ लगायत करिब ५० जनाको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानुबाबुका ११ गुदी मन्त्र, जसले अमेरिकामा व्यवसाय पूर्व तपाईँका आँखा खोल्छ !
चैत २८, २०८० बुधबार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
चैत २६, २०८० सोमबार
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
चैत २५, २०८० आइतबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार